पाकिस्तानमा पोलियोका बिरामी बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानमा पोलियोका बिरामी बढ्दै


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा पोलियो रोगका बिरामी बढ्दै गएका छन् । यस वर्षमात्र पाकिस्तानमा हालसम्म यस रोगका १८ जना बिरामी भेटिएका छन् ।

पाकिस्तान पोलियो उन्मूलन कार्यक्रम पीपीईपीले हालसम्म देशभर १८ जनामा पोलियो भाइरस पोजिटिभ केस फेला परेको घोषणा गरेको छ । यो केस खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खाँ जिल्लाका एक जना बालकमा पुष्टि भएको हो ।

पीपीईपीका अनुसार डेरा इस्माइल खाँ पोलियोको लागि जोखिमपूर्ण सात जिल्लाहरूमध्ये एक हो । पोलियो रोग लागेका बालबालिकामा पक्षाघात हुने गर्छ ।

पोलियोको कुनै उपचार नभएकाले केवल रोकथाम मात्र सम्भव छ । पोलियो उन्मूलनका लागि पाकिस्तान सरकारले बारम्बार खोप अभियान सञ्चालन गर्दै आएको छ ।

यद्यपि पाकिस्तानका कतिपय समुदायले आफ्ना बालबालिकालाई पोलियो खाप दिन अस्वीकार गर्दै आएका छन् । पाकिस्तानमा पोलियो खोप अभियानमा संलग्न सुरक्षाकर्मी एवम् स्वास्थ्यकर्मीलाई लक्षित गरी आक्रमणका घटना पनि हुने गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ८ : ५२ बजे

धुलिखेल–सूर्यविनायक सडकमा रोकिएको विस्तार कार्य सुरु

काभ्रेपलाञ्चोक – वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक–धुलिखेल सडकखण्डमा स्तरोन्नतिको

उखु किसानलाई अनुदान रकम अविलम्ब भुक्तान गर्नुपर्छः नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता