भारतको सेवा निर्यात बढ्यो | Khabarhub Khabarhub

भारतको सेवा निर्यात बढ्यो


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सेवा निर्यात यस वर्षको जुन महिनामा १२ प्रतिशतले वृद्धि भएको छ । रिजर्भ बैंक अफ इन्डिया आरबीआईको तथ्याङ्कअनुसार वार्षिक आधारमा यो महिनामा सेवा निर्यात १२ प्रतिशतले बढेर ३२ अर्ब ११ करोड डलर पुगेको छ ।

इकोनोमिक टाइम्सका अनुसार सोही अवधिमा सेवा आयात पनि ५ प्रतिशतले वृद्धि भएको छ । जुन महिनामा ५ प्रतिशतले वृद्धि भएर सेवा आयात १५ अर्ब ९० करोड डलर पुगेको छ ।

यो वृद्धिमा सूचना प्रविधि (आईटी), सफ्टवेयर र व्यावसायिक परामर्श सेवाको योगदान महत्वपूर्ण रहेको जनाइएको छ । यी क्षेत्रको निर्यातले विश्व बजारमा भारतको प्रतिस्पर्धात्मक क्षमतालाई उजागर गर्ने जानकारहरु बताउँछन् ।

भारत सरकारले विभिन्न कार्यक्रम एवम् नयाँ व्यापार सम्झौताहरू मार्फत निर्यातलाई प्रोत्साहन गर्दै आएको छ । यद्यपि विश्वका विभिन्न क्षेत्रमा देखिएको भूराजनीतिक तनाव र व्यापार अवरोधहरूले आगामी महिनाहरूमा चुनौतीहरू निम्त्याउनसक्ने सम्भावना पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ०६ बजे

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको

द क्लिफमा हाइलाइन अभ्यास

काठमाडौं- पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन

नागरिक समूहको अध्यक्षमा दाहाल

काठमाडौं– सुशासन र भ्रष्टाचारविरोधी अभियानमा केन्द्रित नागरिक समूहको अध्यक्षमा विष्णुहरि

रूसको रासायनिक कारखानामा विस्फोट हुँदा तीन जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसको रासायनिक कारखानामा भएको विस्फोटमा तीन जनाको मृत्यु