आर्थिक सहायता र भ्रमणभत्ता भन्दै एक महिनामै बाँडियो डेढ करोड | Khabarhub Khabarhub

आर्थिक सहायता र भ्रमणभत्ता भन्दै एक महिनामै बाँडियो डेढ करोड


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेको राजधानी दैनिकमा खबर छ ।

सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ। माघ महिनामा प्रहरीको कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९७ लाख ९९ हजार ९९९ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २० परियोजनाका लागि १० अर्ब, एकै एनजीओलाई ५ अर्बसम्म सहयोग शीर्षकको समाचारमा आर्थिक वर्ष २०७४/७५ मा एउटै गैरसरकारी संस्थाले एकै परियोजनाका नाममा विदेशबाट ४ अर्ब ६८ करोड रुपैयाँ ल्याएको पाइएको छ । नेपालका बालबालिकाको क्षेत्रमा खर्चने भन्दै एसओएस बालग्राम भक्तपुरले एसओएस चिल्ड्रेन भिजेज अस्ट्रेलियाबाट ४ अर्ब ४५ करोड ९३ लाख ५८ हजार ६२३ रुपैयाँ ल्याएको हो ।

त्यस्तै पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण, सीमा उल्लंघको उचित जवाफ दिने पाकिस्तानको चेतावनी, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई पौडेल पक्ष र सिटौला पक्षको बहिस्कार, सर्वोच्च अदालतमा २७ न्यायाधीशको पदपूर्ति हुन बाँकी लगायतका खबर मुख्य रुपमा छापिएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ११ बजे

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको