आर्थिक सहायता र भ्रमणभत्ता भन्दै एक महिनामै बाँडियो डेढ करोड « Khabarhub

आर्थिक सहायता र भ्रमणभत्ता भन्दै एक महिनामै बाँडियो डेढ करोड


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बाँडेको राजधानी दैनिकमा खबर छ ।

सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णयअनुसार सो रकम वितरण गरेको अर्थमन्त्रालयले जानकारी दिएको छ। माघ महिनामा प्रहरीको कारकेड मोटरसाइकल खरिदका लागि राज्यकोषबाट १३ करोड ९७ लाख ९९ हजार ९९९ रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २० परियोजनाका लागि १० अर्ब, एकै एनजीओलाई ५ अर्बसम्म सहयोग शीर्षकको समाचारमा आर्थिक वर्ष २०७४/७५ मा एउटै गैरसरकारी संस्थाले एकै परियोजनाका नाममा विदेशबाट ४ अर्ब ६८ करोड रुपैयाँ ल्याएको पाइएको छ । नेपालका बालबालिकाको क्षेत्रमा खर्चने भन्दै एसओएस बालग्राम भक्तपुरले एसओएस चिल्ड्रेन भिजेज अस्ट्रेलियाबाट ४ अर्ब ४५ करोड ९३ लाख ५८ हजार ६२३ रुपैयाँ ल्याएको हो ।

त्यस्तै पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण, सीमा उल्लंघको उचित जवाफ दिने पाकिस्तानको चेतावनी, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई पौडेल पक्ष र सिटौला पक्षको बहिस्कार, सर्वोच्च अदालतमा २७ न्यायाधीशको पदपूर्ति हुन बाँकी लगायतका खबर मुख्य रुपमा छापिएका छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ७ : ११ बजे

इजरायली आक्रमणबाट लेबनानमा ३९ जनाको मृत्यु

काठमाडौँ– इजरायलले लेबनानका विभिन्न ठाउँमा गरेको भीषण हवाई आक्रमणमा कम्तिमा

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको