भारतमा विपक्षीको प्रदर्शन : राहुल गान्धी पक्राउ, तृणमूल कांग्रेसकी सांसद बेहोस, अखिलेशले नाघे छेकबार « Khabarhub

भारतमा विपक्षीको प्रदर्शन : राहुल गान्धी पक्राउ, तृणमूल कांग्रेसकी सांसद बेहोस, अखिलेशले नाघे छेकबार


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित अरु विपक्षी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रियङ्का गान्धी वाड्रा पनि छन् ।

भोट चारी गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा बेहोस भएकी थिइन् ।

विपक्षीको प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको थियो । यद्यपि समाजवादी पार्टीका नेता अखिलेश यादवसहितका केही नेताहरु सडकमा राखिएको छेकबार नाघेर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

यसअघि गान्धीले निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाउँदै भोट चोरी गरी भाजपाले चुनाव जितेको दाबी गरेका थिए । त्यसपछि विपक्षी दलका नेताहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  २ : ५१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात