लालझाडीको आधारभूत अस्पताललाई बजेट अभाव « Khabarhub

लालझाडीको आधारभूत अस्पताललाई बजेट अभाव


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर– कञ्चनपुरको लालझाडी गाउँपालिकामा निर्माण गरिएको आधारभूत अस्पताल बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेको छैन् । पूर्वाधार निर्माण भएको करिब डेढ वर्ष बितिसक्दा पनि १० शय्याको उक्त अस्पताल सञ्चालन हुन सकेको छैन् ।

विक्रम संवत् २०७७ मङ्सिर १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका ३०९ स्थानीय तहमा आधारभूत अस्पताल उद्‌घाटन गरेका थिए । सोही कार्यक्रमअन्तर्गत लालझाडी–३ नन्दगाउँमा आधारभूत अस्पतालका लागि पूर्वाधार निर्माण गरिएको हो । करिब रु ६ करोडको लागतमा पूर्वाधार निर्माण गरिएको हो । 

‘बजेट र जनशक्ति नहुँदा सञ्चालन गर्न समस्या भएको छ’, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले भने। स्थानीय तहसँग आन्तरिक आयस्रोत न्यून रहेकाले अस्पताल सञ्चालन गर्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक भएको उनको भनाइ छ । 

सो स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल नहुँदा स्थानीयले उपचारका लागि धनगढी र महेन्द्रनगर धाउनुपर्ने बाध्यता छ । लालझाडी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले आधारभूत अस्पताल सञ्चालन गर्न मन्त्रालयले कार्यविधि तयार गरेको भए पनि त्यसअनुसार उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको बताए।

उनका अनुसार आधारभूत अस्पतालका लागि दुई चिकित्सकसहित २२ कर्मचारीका लागि अस्थायी दरबन्दी स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको छ ।

‘अस्पताल सञ्चालनका लागि हामीले अघिल्लो वर्ष नै पाँच जना माग गरेका थियौँ, उपकरण उपलब्ध नभएकाले पद आपूर्ति प्रक्रिया पनि रोकिएको छ’, उनले भने, ‘यस वर्ष पालिकाले अस्पताल सञ्चालन गर्न रु ८० लाख विनियोजन गरेको छ ।’

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ५ : ०६ बजे

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा