अनिल झाले छाडे लोसपा, सद्‍भावना ब्युँत्याउने प्रयासमा कानुनी झमेला | Khabarhub Khabarhub

अनिल झाले छाडे लोसपा, सद्‍भावना ब्युँत्याउने प्रयासमा कानुनी झमेला


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले राजीनामा दिएका छन् ।

लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले ह्वाटसपमार्फत् अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका हुन् ।

बितेको एक वर्षदेखि नै लोसपामा निष्क्रिय झाले राजीनामा बुझाएलगत्तै अध्यक्ष ठाकुरले स्वीकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।

‘उहाँ लामो समयदेखि लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिनाअघि उहाँले ह्ववाटसपबाट अध्यक्षज्यूलाई राजीनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वीकृत गरिसक्नु भएको छ,’ उनले भने ।

यसबारे झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिनाअघि राजीनामा दिए पनि मितिमा अघिल्लो वर्ष उल्लेख छ ।

समाचार अनुसार उनी लोसपामा नै रहँदा पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिह्न लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन ।

उक्त पार्टी सिरहाका रामकुमार महतो नामका एकजना पुराना सद्भावना नेताको नाममा दर्ता छ । झाले पनि अध्यक्षको हैसियतमा त्यही नाममा निर्वाचनमा आयोगमा पार्टी दर्ता गराएपछि महतोले आफूलाई ‘अपहरण गरेर कब्जा गर्न खोजेको’ भन्दै आयोगमा उजुरी दिएका छन् ।

जुन मुद्दा अहिले पनि चलिरहेको छ। तर, उनले झालाई त्यो पार्टी दिन चाहिरहेका छैनन्। निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन सकेका छैनन् ।

‘उहाँले पार्टी दिनका लागि विभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाई दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,’ महतोले भने ।

एक महिनाअघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष मिश्रको प्रवक्ताको जिम्मेवारी खोसिएको छ।

केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’बारे अभिव्यक्ति दिएपछि उनको पद खोसिएको बुझिएको छ।

‘सहमतिअनुसार शरदसिंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिव्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्तावाट राजीनामा दिन लगाएका थिए । उनले प्रवक्तावाट राजीनामा दिए पनि महासचिव पद कायमै छ ।

श्रममन्त्री भण्डारी ओलीको कार्याकालभर रहने सहमति भए पनि मिश्रले त्यसविपरीत अभिव्यक्ति दिएपछि उनको राजीनामा माग गरिएको हो ।

स्रोतका अनुसार भण्डारी ओलीको कार्यकालभर रहने छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने सहमति भइसकेको छ ।

यद्पि, यसअघिको सहमतिअनुसार भण्डारीले एक वर्षमात्रै मन्त्री बन्ने र राजीनामा दिएर अर्को व्यक्ति पठाउने सहमति भएको थियो । अहिले लोसपामा आभाष लाभ पनि प्रवक्ताको भूमिकामा छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : २६ बजे

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ

कञ्चनपुरमा आगलागीबाट एक लाख बराबरको धनमाल जलेर नष्ट

कञ्चनपुर– कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने बिन्तिराम चौधरीको गोठमा मंगलबार बिहान आगलागी हुँदा

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं– पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री एवं संविधानसभाका सदस्य खड्गबहादुर बस्यालको

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइयो 

काठमाडौं– प्रतिनिधिसभाले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका