एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल 'सङ्ग्रहालय' विमोचन | Khabarhub Khabarhub

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल ‘सङ्ग्रहालय’ विमोचन


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार संग्रहालयको साझेदारीमा संग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल ‘सङ्ग्रहालय’ विमोचन गरिएको छ । 

नारायणहिटी दरबार संग्रहालयमा बुधबार आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको संग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे । 

मन्त्री पाण्डेले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका सङ्ग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

‘कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौँ,’ एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।  उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्वर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् । 

त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै सङ्ग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।

उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ अन्तर्गत प्रकाशन गरिएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ५४ बजे

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आज विश्व खाद्य दिवस मनाइदै

काठमाडौं – सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असोज ३० गते बिहीबार। कात्तिक