तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता « Khabarhub

तीस हजारभन्दा बढी अफगान स्वदेश फिर्ता


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

क्वेट्टा- पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई स्वदेश फर्कन जुलाई ३१ को समय सीमा तय गरेको थियो ।

कागजात विहीन अफगानविरुद्ध कारबाही गर्न प्रहरी, एफआईए र जिल्ला प्रशासन मिलेर संयुक्त टोली गठन गरिएको डनले जनाएको छ ।

मङ्गलबार क्वेटा डिभिजनका आयुक्त शाहजेब खान काकरको अध्यक्षतामा बसेको बैठकमा प्रान्तमा रहेका अवैध अफगानहरूमाथि चलिरहेको दमनको समीक्षा गरिएको थियो ।

अधिकारीहरूले अवैध अफगानहरू विरुद्धको कारबाहीलाई गति दिन एजेन्सीहरूबिच समन्वय गरिएको जानकारी दिएका छन् ।

आयुक्तले कागजातविहीन अफगानहरूलाई लक्षित कारबाही सञ्चालन गरी अवैध बासिन्दाहरूको बैङ्क खाता र मोबाइल सिमहरूको रेकर्ड सङ्कलन गर्न निर्देशन दिएका थिए ।

उनले अपरेशनको क्रममा महिला र बालबालिकाको सम्बन्धमा विशेष ध्यान राख्न निर्देशन दिदै सबै विभागहरूलाई अफगानिस्तानमा सबै अवैध अफगानहरूको फिर्तीका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे ।

पाकिस्तानी सेनाले क्वेटा डिभिजनमा अवैध अफगानहरू विरुद्धको कारबाहीमा बलुच लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरूसहित ५० जना आतङ्ककारीहरूलाई मारेको दाबी गरेको छ ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सेनाले मारिनेहरूमा बलुचिस्तान लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरू रहेको बताएको छ । दुवै समूहलाई पाकिस्तानमा आतङ्कवादी सङ्गठन घोषित गरिएको छ, यो समूह सुरक्षा बलमाथि बारम्बार आक्रमणमा संलग्न छ ।

सेनाका अनुसार अपरेसनले मुख्यतया बलुचिस्तान प्रान्तका केही भागहरूमा अतिवादी समूहविरूद्ध लक्षित थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ५ : ०६ बजे

कर्णाली र जुम्लालाई हेप्ने प्रवृत्तिविरुद्ध राजनीतिक लडाइँ जारी छ : ज्ञानेन्द्र शाही

सुर्खेत- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णालीको राजनीतिक लडाइँ

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन