बेलायती विश्वविद्यालयमा बढ्दो चिनियाँ प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा « Khabarhub

बेलायती विश्वविद्यालयमा बढ्दो चिनियाँ प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती विश्वविद्यालयहरूमा चीनको बढ्दो प्रभावले शैक्षिक स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न भएको एक नयाँ प्रतिवेदनले खुलासा गरेको छ ।

बेइजिङले बेलायती उच्च शिक्षण संस्थाहरूमा आफ्नो प्रभाव विस्तार गर्दै वैचारिक स्वतन्त्रता र स्वतन्त्र अनुसन्धानमाथि नियन्त्रण गर्ने प्रयास गरिरहेको समाचारमा जनाइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार संयुक्त अधिराज्य–चीन पारदर्शीता (यूकेसीटी) नामक संस्थाले यसबारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । चीनले कोष, साझेदारी, र कन्फ्युसियस इन्स्टिच्युटजस्ता संरचनाहरू मार्फत बेलायती विश्वविद्यालयहरूमा प्रभाव विस्तार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यी संस्थाहरूले चिनियाँ कम्युनिष्ट पार्टीको विचारधारा अनुरूप विषयवस्तुहरूलाई प्रोत्साहन गर्ने र तिब्बत, ताइवान, र हङकङको स्वतन्त्रताजस्ता विषयमाथिको छलफललाई दबाउने गरेको प्रतिवेदनमा आरोप लगाइएको छ ।

प्रतिवेदनले केही विश्वविद्यालयहरूले चिनियाँ सरकारको आर्थिक सहयोग स्वीकार गरेपछि स्वतन्त्र अनुसन्धान र अभिव्यक्ति स्वतन्त्रतामा सम्झौता गरेको दाबी गरेको छ । साथै, चिनियाँ विद्यार्थीहरू र प्राध्यापकहरूमाथि निगरानी र दबाबको घटनाहरू पनि बढ्दै गएको उल्लेख छ ।

यो मुद्दाले बेलायतमा मात्र नभई विश्वभरका शैक्षिक संस्थाहरूमा विदेशी प्रभावको खतरा र स्वतन्त्रताको संरक्षणबारे बहसलाई तीव्र बनाएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ७ : ४३ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको