वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो « Khabarhub

वर्षमानको दाबी- अघिल्लो सरकारको राम्रा कामले अहिले अर्थतन्त्रका सूचकमा सकारात्मक संकेत देखियो


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभई विगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरू केही सकारात्मक भएको दाबी गरेका हुन्  । यद्यपि अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकहरूमा कुनै सुधार नरहेको उनले बताए ।

पुनले अहिले बैंकहरुमा खर्वौँ लगानी योग्य पैसाहरू थुप्रिएर रहे पनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे  ।

त्यस्तै उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका शृङ्खलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए  ।  

उपलब्धिहरू गुम्ने र लोकतन्त्र खतरामा पर्ने मुख्य कारण नबन्न उनले प्रधानमन्त्रीलाई सुझाव दिए  । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५० बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको