डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग « Khabarhub

डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्न माग


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीलाई छाउपडीमुक्त जिल्ला घोषणा गर्नुपर्ने माग गरिएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउपडी प्रथाविरुद्ध राष्ट्रिय अभियानका लागि आयोजना गरिएको जिल्लास्तरीय तयारी कार्यशाला कार्यक्रमका सहभागीले जिल्लालाई छाउपडीमुक्त जिल्ला घोषण गर्नुपर्ने माग गरेका हुन् ।

जिल्ला समन्वय समितिको आयोजना, सर्चफर ग्राउण्ड र फाया नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सांसद डा विन्दा पाण्डेले छाउपडी कुप्रथा भएको र यसलाई पूर्णरूपमा रोक्न स्थानीय तहहरुले कडा रूपमा प्रस्तुत हुनुपर्ने बताइन।

‘छाउ हुँदा देशका अन्य जिल्लामा भेदभाव हुँदैन, सुदूरपश्चिममा मात्रै भेदभाव किन ?’ उनले प्रश्न गर्दै भनिन् ‘छाउपडी कुप्रथा हो, सबै तह र तप्का मिलेर यसको अन्त्य गर्न जरुरी छ ।’ कार्यक्रमका सहभागीसमक्ष पाण्डेले सरकारलाई कडा कानून निर्माण गरी जनस्तरमा लागू गर्न आफूहरुले पहल गर्ने बताइन ।

महीनावारी हुनु भनेको सन्तान उत्पादन क्षमता भएको भनी खुशी हुनुको साटो छाउका नाममा महिलामाथि दुर्व्यवहार भइरहेकाले यसको अन्त्य गर्न जरुरी भएको स्थानीय तुलसी शाहीले बताइन । केही महीना पहिले छाउपडीका कारण बाजुरामा एक महिलासहित बालिका र डोटीमा एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ३५ बजे

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक