बागलुङका एक जनप्रतिनिधि व्यवसायिक स्याउखेतीमा रमाउँदै « Khabarhub

बागलुङका एक जनप्रतिनिधि व्यवसायिक स्याउखेतीमा रमाउँदै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थालेको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । 

रोयल रेड र इटालिएन फुजी उनको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोपेका उनले ८० वटा मात्र जोगाउन सफल भएको सुनाए ।   

जातका स्याउको बिरुवा लिएर लगाएका रोकाको हाल १४० बोट  छन् जसले  फल दिएका छन् । उनको बगान चार रोपनीमा फैलिएको छ । उनी छ रोपनीमा खेती विस्तार गर्ने योजनामा छन्। अध्यक्ष रोकाले भने, ‘अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ‘

स्याउखेतीका निम्ति उनले एक लाख ५० हजार लगानी गरेको बताए। विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताए। 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउँछन् । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उनले  बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताए। 
 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : १८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको