स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो  « Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । 

कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आँउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ । 

निष्कासन गर्नेमध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ । 

बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबारबाट आईपीओ खुल्ला गरिएको हो । 
लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ । 

आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । ३ गतेसम्म पनि पुरा आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । लघुवित्तको केन्द्रिय कार्यालय सिरहा जिल्लाको लहान नगरपालिका–८ मा रहेको छ । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ३४ बजे

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्

त्रिशूली-३ ‘बी’ मा सेनासहितको प्राविधिक टोली परिचालित

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको