डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर « Khabarhub

डोको, थुन्से र ढाकर बेचेर परिवार पाल्छन् शेरबहादुर


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– बेनी नगरपालिका–९ तोरीपानीका ४९ वर्षीय शेरबहादुर परियारले बाँस र निगालोको चोया काडेर डोका, डाला थुन्से, ढाकर बताउँछन् । बाँसका वस्तु बनाउन सिपालु कालीगढ  उनले आफ्ना उत्पादन बेचेर मासिक रु १२ हजार आर्जन गर्दै आएका छन् । आफ्नो पाँच सदस्यीय परिवारको भरणपोषण यही रकमबाट हुँदै आएको छ । 

उन्नाइस वर्षको उमेरदेखि  बाँस र निगालाको चोयामा उनले सीप भर्न  थालेका हुन् । डोकाडाला बनाउने उनको जाँगर जवानको जस्तै छ । ‘अझै  जवान छु जस्तो लाग्छ तर ५० वर्षको हुन लागेछु’, पसिनाले पोतिएको अनुहारमा मुस्कान ल्याउँदै उनले भने।

विपन्न परिवारका परियारले काम नगरे  साँझ बिहान हातमुख जोर्न हम्मेहम्मे पर्ने गरेको थियो अब त्यस्तो अवस्था नरहेको उनी गर्वका साथ सुनाउँछन्। ‘विगतमा बजारमा बेच्न जानुपथ्र्यो अहिले घरमै ग्राह आउँछन्,’ उनले भने। परियारले डोको बुनेर नै छोराछोरीलाई पढाए, बिहे गरिए । 

परियारले दैनिक पाँच वटासम्म डोका बुन्ने गरेका छन् । एउटा डोको रु २५० देखि ३५० सम्ममा बिक्री हुने गरेको छ । 
 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १० : ५० बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक