वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य | Khabarhub Khabarhub

वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । 

यसअघि नै उनलाई पार्टीमा ल्याउँदा तेस्रो वरीयता दिने समझदारी बनेको थियो ।

सचिवालय बैठकले गौतमसँगै पार्टीमा आएका तीन नेतालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ । 

सचिवालयले डीबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्य र विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, राधेश्याम गुप्ता, रवीन्द्र बम, इमानसिंह भारती, भगवती विष्ट, दुर्गादत्त भण्डारी, तोफा यादव, तथा मोहमद शेर बागवानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यसअघि वामदेवले आफूलाई गतिलो जिम्मेवारी चाहिने अडान राख्दै आएका थिए । उनले संगठन विभाग प्रमुखको जिम्मेवारी आफूलाई दिन माग गरिरहेका थिए । तेस्रो वरीयता पाए पनि उनलाई अहिलेसम्म विभागीय जिम्मेवारी भने दिइएको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : १० बजे

माइतीघरमा प्रदर्शन गर्न पुगेका जेन-जी पक्राउ

काठमाडौं– माइतिघरमा प्रदर्शन गर्न पुगेका जेन-जी युनाइटेडका जेन-जीहरू पक्राउ परेका

क्वालालम्पुरमा अमेरिका–चीन व्यापार वार्ता शुरु

क्वालालम्पुर- चीन र संयुक्त राज्य अमेरिकाबीचको पछिल्लो व्यापार वार्ता शनिबार

आगन्तुक चराको चिरिबिरी (फोटो फिचर)

काठमाडौं– मनसुनी वर्षाले देश छोडे सँगसँगै चिसो हावाको सिरेटो सुरु

सर्पको टोकाइबाट बालकको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको शिवसताक्षीमा एक बालकको मृत्यु भएको छ

‘डेडिकेटेड’ र ‘ट्रंकलाइन’ महसुल नबुझाएका १८ कम्पनीको बिजुली काटियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंकलाइन प्रयोग गरेर त्यसबापतको