ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए « Khabarhub

ट्रम्पपछि पुटिन पनि वार्ताका लागि अलास्काको एंकरिजमा उत्रिए


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको विमान अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा अवतरण गरेको छ।

आरटीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकका लागि पुटिन अलास्का पुगेका हुन् । ट्रम्प यसअघि नै पुगिसकेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार दुवै नेताबीचको बैठक ६ देखि ७ घण्टासम्म चल्न सक्छ।

यस शिखर बैठकमा पुटिन र ट्रम्पबीच सहायकहरूसहितको प्रारम्भिक भेट, त्यसपछि अमेरिकी र रूसी प्रतिनिधिमण्डलबीचको विस्तारित वार्ता र लञ्च हुनेछ । यदि कुार मिल्ने अवस्था भएमा दुवै राष्ट्रपतिको संयुक्त पत्रकार सम्मेलन हुनेछ।

बैठकको मुख्य विषय युक्रेन युद्धको समाधान हुने अपेक्षा गरिएको छ। मस्कोले पटक–पटक युक्रेन युद्धको दीर्घकालीन समाधान कीभले कहिल्यै नाटोमा नजाने र २०१४ र २०२२ को जनमत सङ्ग्रहमार्फत् रुसमा गाभिएका नयाँ क्षेत्रको स्थितिलाई स्वीकार्ने अवस्थामा निस्कने बताएको छ ।

पेस्कोभका अनुसार, कार्यक्रमको एजेन्डा यसभन्दा फराकिलो छ, जसमा रूस–अमेरिका द्विपक्षीय सम्बन्ध, सम्भावित संयुक्त आर्थिक परियोजना र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरू समावेश छन्।

पुटिनको नेतृत्वमा रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ, र राष्ट्रपति आर्थिक दूत किरिल दिमित्रिएभ रहेका छन् । जसले युक्रेन युद्ध समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका छन्।

ह्वाइट हाउसले पुटिनसँगको बैठकमा ट्रम्प एक्लै भाग नलिने बताएको छ । उनीसँग विदेश मन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकोफ सहभागी हुनेछन्।

बैठकपछि हुने लञ्चमा पनि रुबियो, विटकोफ, अर्थ मन्त्री स्कट बेसन्ट, वाणिज्य मन्त्री हावर्ड लुटनिक, रक्षा मन्त्री पिट हेगसेथ र ट्रम्पका प्रमुख सल्लाहकार सुसी वाइल्स सहभागी हुनेछन्।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ०९ बजे

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल