अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा | Khabarhub Khabarhub

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अलास्कामा भेटवार्ता औपचारिक रूपमा सुरु भएको छ।

दुवै नेताले एंकरिजमा रनवेमा एकअर्कालाई अभिवादन गरेपछिउनीहरू ट्रम्पको राष्ट्रपतीय लिमोजिनमा सँगै प्रस्थान गरेका थिए।

शुक्रबार संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा सुरू वार्तामा युक्रेन युद्धको समाधान खोज्ने मुख्य उद्देश्य राखिएको छ ।

मस्कोका अनुसार, एजेन्डामा विश्वको ‘शान्ति र सुरक्षा’ साथै अर्थतन्त्र र व्यापार क्षेत्रमा द्विपक्षीय सहकार्यको थप विकास पनि समावेश छ।

पुटिनको नेतृत्वमा आएको रूसी प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री सेर्गेइ लाभरोभ, रक्षा मन्त्री आन्द्रेइ बेलोउसभ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, क्रेमलिन सल्लाहकार युरी उशाकोभ र राष्ट्रपतिका आर्थिक दूत किरिल दिमित्रिएभ छन्, जसले युक्रेन संघर्ष समाधान प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका छन्।

अमेरिकी प्रतिनिधिमण्लमा ट्रम्पसँगै उपराष्ट्रपति जेडी भ्यान्स, विदेश मन्त्री मार्को रुबियो, युक्रेन र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकोफ, र रक्षा मन्त्री पिट हेगसेथ सहभागी छन् ।

वार्तापूर्व मस्कोले अमेरिकालाई प्रस्तुत गर्ने “स्पष्ट र परिभाषित” धारणा तथा तर्कहरू तयार रहेको जनाएको छ। ट्रम्पले यस शिखर बैठकलाई “स्थिति बुझ्ने” बैठकको रूपमा वर्णन गर्दै यसको असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताएका छन्।

ट्रम्पका अनुसार, वार्ता रूस र युक्रेनबीचको भूमि आदान–प्रदान सम्झौतामा केन्द्रित हुन सक्छ। तर मस्कोले सन् २०१४ र २०२२ मा जनमत सङ्ग्रहमार्फत रुसमा गाभिएका क्राइमिया, डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरोजिया क्षेत्र नछोड्ने अडान राखेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  २ : ०१ बजे

सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध

बागमती– सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अवरुद्ध भएको छ

भूमि सम्बन्धी ऐन संशोधन विधेयक अध्ययन गर्न थप समय माग

काठमाडौं– सांसदहरुले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको

प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका

रसियाको कारखानामा भीषण आगलागी, मृतक सङ्ख्या ११ पुगेको पुष्टि

एजेन्सी – रसियाको पश्चिमी रायजान क्षेत्रमा रहेको एउटा औद्योगिक कारखानामा

कृष्णजस्ता मान्छेबारे शास्त्र र विज्ञानको ‘प्याचअप’

काठमाडौँ – हालको भारतीय सरहदमा पर्ने उत्तरप्रदेशको मथुरामा पाँच हजार