पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन « Khabarhub

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता उपलब्धिमूलक भएको बताएका छन् । वार्ता उपलब्धिमूलक भएको बताए पनि वार्तामा कुनै सम्झौता नभएको उनको भनाइ छ ।

तीन घण्टा लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति पुटिनले आफू युद्ध अन्त्यका लागि सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। उनले अन्य थप केही कुरा बताएनन्

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ता भइरहेको समयमा पनि रुसी सेनाले युक्रेनमा मान्छे मारी रहेको बताए।

पुटिनले यो युद्धको मूल कारणको पहिचान हुनु आवश्यक रहेको बताएका छन् । उनले आफू युद्ध अन्त्यका लागि सचेत रहे पनि युक्रेन र युरोपेली देशदेशलाई यो प्रक्रिया नबिथोल्न चेतावनी दिएका छन् ।

उनले शान्ति स्थापनाका लागि सुरुवाती बिन्दुको रूपमा यो बैठक रहने बताए । ट्रम्पले धेरै कुरामा एक आपसमा सहमति भए पनि केही कुरा मिल्न बाँकी रहेको बताए । तर, उनले यसलाई बुँदागत रूपमा भन्न चाहेनन् ।

ट्रम्पले यस विषयमा जेलेन्स्की र युरोपेली नेतालाई जानकारी गराउने बताए । उनले रुसी समकक्षीलाई फेरि भेट्ने आशा गरेका छन् । त्यो भेट मस्कोमा हुनसक्ने छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ६ : ०० बजे

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास