प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग | Khabarhub Khabarhub

प्रकाश र स्वस्तिमाको बोलचाल बन्दको ‘गसिप’ फिल्म प्रचारमा सदुपयोग


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म क्षेत्रका सामान्य घटना हो- सहकर्मीबीच बोलचाल बन्द हुनु । राजेश हमाल-करिश्मा मानन्धर, निखिल उप्रेती-रेखा थापा, आर्यन सिग्देल-रेखा थापा, पूजा शर्मा-आकाश श्रेष्ठसम्म नायक-नायिकाको बोलचाल बन्द भएको विगत छ।

खोज्दै जाने हो भने यो सूची लामो बन्छ । अहिले गायक तथा नायक प्रकाश सपुत र नायिका स्वस्तिमा खड्का पनि बोलचाल बन्द भएको चर्चा गसिपले चर्चा पाएको छ । यी दुवै अहिले लाइमलाइटमा भएका कलाकार भएकाले चर्चा हुनु स्वभाविक पनि हो ।

कलाकारिता क्षेत्र नै यस्तै हो- यहाँ चर्चामै भएकाहरु कै त थप चर्चा गरिन्छ । थप चासो दिइन्छ । व्यक्तिगत घटनालाई पनि इस्यू बनाइन्छ ।

प्रकाश र स्वस्तिमाका कुरा गर्दा यी दुईको बोलचाल बन्द फिल्म ‘वसन्त’ले गराएको गसिप छ । आफ्नो डेब्यू निर्देशन र लेखन रहेको फिल्म ‘वसन्त’मा नायिकासमेत रहेकी स्वस्तिमाले प्रचारमा असहयोग गरेको प्रकाश रिसाएको चर्चा छ ।

वसन्त व्यापारिकरुपमा मात्रै होइन यी दुईको सम्बन्ध जोगाउन पनि फ्लप भयो भन्ने कोणबाट पनि चर्चा हुने गरेको छ ।

बीचमा यी दुईको सहकार्य फिल्म ‘हरिबहादुरको जुत्ता’मा भयो । यस फिल्मका दौरान पनि उनीहरूको आत्मीय सम्बन्ध नदेखेपछि ‘बोलचाल बन्द भएको अड्कल’ सुरु भएको हो ।

फिल्म क्षेत्रको गसिप चाँडो बजारमा फैलिन्छ । यी दुईजनाको हकमा पनि त्यही भयो । यो कुरा यी दुईको कानमा नपुग्ने कुरै भएन । पुगेको रहेछ त यस विषयमा अभिनय गर्न राजी भए होलान् ।

एउटा कुरा- यी दुवैले आफूहरूको सम्बन्ध ठीक ठाक रहेको भनी खण्डन गरेका छैनन् । यस पनि गसिपले थप बढवा पायो ।

अहिले फिल्म प्रचारमा यो गसिपको प्रयोग भएको पाइयो । फिल्मको पहिलो गीत र प्रदर्शन मिति जानकारी दिन निर्माण पक्षले तयार गरेको भिडियोमा यी दुईका बोलचाल बन्दको विषयमा कन्टेन्ट बनाइएको हो ।

प्रकाश र स्वस्तिमा नबोली बसेका हुन्छन् । अर्की कलाकार सीता न्यौपाने आएर प्रश्न गर्छिन्, ‘के हो पानी बराबार भएको छ रे त ? बोलौं ढिला भइसक्यो ।’

उनले फेरि प्रश्न गर्छिन्, ‘के हो बोलचान भयो ? एक्सक्युज मी !’

त्यसपछि दुवै हाँस्छन् । स्वस्तिमा र प्रकाश बल्छन् । उनीहरूबीच संवाद हुन्छ । स्वस्तिमाले प्रकाशलाई भन्छिन्, ‘भन्नुन त ।’ त्यसपछि प्रकाशले स्वस्तिमाले भन्छन्, ‘तपाईं भन्नु न ।’

तर, दुवैले बोलचाल बन्द भएको कुरा निकाल्दैनन् । फिल्मको गीत र प्रदर्शन मितिबारे दर्शकलाई जानकारी गराउँछन् ।

अन्तिममा प्रकाशले पिइरहेका पानी गिलास स्वस्तिमालाई लिन्छन् । उनले पनि त्यही गिलासको पानी पिउँछिन् ।

यी बीच भएको के हो ? उनीहरुलाई नै थाहा होला । फिल्म प्रचारका लागि भिडियो बनाउनुपर्ने बाध्यताले अभिनय गरेको मात्रै पनि हुनसक्छ । अथवा, यी दुईको सम्बन्ध सुधार भइसक्यो । यसबारेमा केही दिनमै थाहा भइहाल्छ ।

यस्ता गसिप फिल्म प्रचारका लागि नियोजितरुपमा पनि विकास गरेको पनि हुनसक्छ । विगतमा यस्ता उदाहरण पनि छन् । प्रकाश र स्वस्तिमाको हकको के भएको हो ? यसको जवाफ अनुत्तररित छ ।

तर, ‘हरिबहादुरको जुत्ता’ निर्माण टिमले फिल्म प्रचारमा गसिपलाई प्रयोग गरेका छ । अझ भनौँ सदुपयोग गर्ने गरेको छ । अहिले यो भिडियो चर्चामा छ । यसले फिल्म प्रचारमा केही सहयोग पक्कै पुगेको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ३ : ५७ बजे

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका