दशैं बिदाको दिनमा पनि बजार अनुगमन | Khabarhub Khabarhub

दशैं बिदाको दिनमा पनि बजार अनुगमन


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

उनले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताए । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ ।

आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको सूचनामार्फत जनाएको छ । मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पुर्‍याउन अनुरोध गरेको छ ।

अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : ५४ बजे

बैंकिङ कसुरमा नयाँ कानुन : अब चेक बाउन्स भए कस्तो कारबाही ?

काठमाडौं – बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन

बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुद्ध दर्शनलाई अवलम्बन गर्न

स्वर्णिम साहित्य सम्मानबाट बज्राचार्य र सुसारा सम्मानित

काठमाडौं – स्वर्णिम साहित्य समाज सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै

गौतम बुद्ध शान्ति र अहिंसाका प्रेरणा : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली  प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गौतम बुद्ध शान्ति र

पर्यटकीय गन्तव्य मौलाकालीमा होटल निर्माण

चितवन– आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१ मौलाकालीकामा इला होटल