मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने « Khabarhub

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने


२ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

पावरले जारी पूँजीको २० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयरको आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीकले शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्ने छ ।

शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा पावरको तर्फबाट अध्यक्ष सतिश न्यौपाने र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले हाल २८.३०४ मेगावाटको मध्यचमेलिया जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यो आयोजना चमेलिया खोलामा आधारित रन–अफ–रिभरमा आधारित छ । उक्त आयोजना दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा छ । कम्पनीको प्रमुख प्रवर्द्धक तथा लगानीकर्ता अपी पावर कम्पनी लिमिटेड छ ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ३ : ४५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको