नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने | Khabarhub Khabarhub

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने शो को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । 

प्रत्येक दिन बिहान साढे १० देखि बेलुका ७ बजेसम्म चल्ने शो यही भदौ ८ गतेसम्म सञ्चालन हुनेछ ।

नाडामा १२५ बढी कम्पनी तथा संस्थाका स्टल रहने छन् । जसमा चारपाङ्ग्रे गाडी, मोटरसाइकल/स्कुटर, लाइट कमर्सियल गाडी, बीमा कम्पनी, लुब्रिकेन्ट्स, टायर कम्पनी तथा अटोसँग सम्बन्धित विभिन्न उत्पादनको प्रदर्शनी रहने छ ।

३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू रहने प्रदर्शनीमा उड्ने कारसमेत राखिने नाडाले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : ५६ बजे

 गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्यौट 

काठमाडौं– बेरुजु फर्छ्यौट गरी वित्तीय सुशासन कायम गर्न गृह मन्त्रालयको क्रियाशीलता

मुस्ताङमा एक महिलामा डेङ्गु सङ्क्रमण

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु समक्रमण देखिएको छ

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको

टप एन्ड टी-ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको