वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन « Khabarhub

वीरगञ्ज भन्सारद्वारा १८ अर्ब ३९ करोड राजस्व संकलन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व संकलन गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय एउटै कार्यालयमा गाभिएपछि सो राजस्व संकलन भएको हो । गत साउन १ गतेदेखि दुवै कार्यालयले एउटैमा गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । कार्यालयका अनुसार चालु आवको साउन महिनाको मासिक लक्ष्यको ८७  दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको छ ।

भन्सार विभागले कार्यालयलाई साउन महिनामा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।  कार्यालयले गत आवको साउन महिनामा भने १५ अर्ब ९२ करोड राजस्व संकलन गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिए । 

विभागले कार्यालयका लागि वार्षिक रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ ।
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ४९ बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु