फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी | Khabarhub Khabarhub

फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर संकलन गरी व्यवस्थित गर्न थालेको थियो । 

पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । 

ट्रकलाई ‘टिप’ पुगेपछि बिक्रीका लागि पठाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले जानकारी दिए । 

उनले भने, ‘व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी  भण्डारण गर्ने गरिएको छ ।’ 

उनका अनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रुपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । 

नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो । 

‘नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टनको हाराहारीमा कुहिने फोहर संकलन हुँदै आएको छ’, उनले भने, ‘पछिल्लो समय कबाडीको महत्व बुझ्न थालेपछि अन्य मानिसले पनि संकलन गरी बिक्री गर्न थालेका छन् ।’

कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । 

नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्न थालेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : १६ बजे

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका

विपक्षी दलले उपसभामुख मगरलाई हटाउने षडयन्त्रको प्रतिवाद गर्ने

काठमाडौं– संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने

डिम्ब कारोबारमा रोक लगाउन सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले डिम्ब कारोबारमा रोक लगाउन आदेश जारी गरेको

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले

रेशम-रञ्जिता किचलोले उपनिर्वाचनका लागि दर्ता भएन नाउपा 

काठमाडौं– स्थानीय तह निर्वाचन-०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति