झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा « Khabarhub

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

झापा–  लागूऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनः स्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका २७ वटा पुनः स्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागूऔषधको दुर्व्यसनमा फसेका युवा छन् । ती युवालाई अभिभावक आफैँले र प्रहरीले दुर्व्यसनबाट मुक्त गराउन पुनः स्थापना केन्द्रमा राखेका हुन् ।

भारतसँगको खुला सीमानाका कारण पछिल्लो समय जिल्लामा लागूऔषध दुर्व्यसनको समस्या भयावह रूपमा देखिएको छ । दिनहुँ प्रहरीले सीमानाका, ठूला बजार र ग्रामीण बस्तीबाट युवालाई लागूपदार्थसहित नियन्त्रणमा लिने गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार मेचीनगर र बिर्तामोडमा छ वटाका दरले पुनः स्थापना केन्द्र सञ्चालनमा छन् भने शिवसताक्षीमा चार, दमकमा तीन, कनकाईमा तीन, अर्जुनधारामा दुई, कमलमा दुई र बुद्धशान्तिमा एउटा पुनः स्थापना केन्द्र रहेका छन् ।

विर्तामोडका पुनः स्थापना केन्द्रमा सबैभन्दा बढी दुई सय २३ जना युवा उपचाररत छन् । मेचीनगरमा एक सय ७८, शिवसताक्षीमा एक सय पाँच, दमकमा ८९, कनकाईमा ८२, कमलमा ७३, अर्जुनधारामा ५५ र बुद्धशान्तिमा ४० जनाले लागूऔषध दुर्व्यसनको मुक्तिका लागि उपचार गराइरहेका छन् ।

मेचीनगर नगरपालिका–६ काँकडभिट्टास्थित नवयात्रा पुनः स्थापना केन्द्रका सञ्चालक भीमप्रसाद लुइँटेलले केन्द्रमा हाल ३३ जनाको उपचार भइरहेको बताए  । 

समाजले बिग्रियो भनेर बेवास्ता गरेको र परिवारको विश्वास गुमाइसकेको अवस्थामा दुर्व्यसनमा लागेको युवालाई सुधारेर स्वस्थ बनाइ परिवार र समाजमा पुनः स्थापना गर्ने कार्य सहज भने नहुने उनले धारणा राखे ।

‘राज्यले गर्नुपर्ने काम हामीले गरिरहेका छौँ’, विगत १३ वर्षदेखि पुनः स्थापना अभियानमा सक्रिय लुइँटेलले भने, ‘सीमावर्ती क्षेत्रमा यो समस्या विकराल भइसकेको छ । राज्यले यो विषयमा गम्भीर हुन ढिला भइरहेको छ ।’

पुनः स्थापना केन्द्रहरूले तीनमहिने र छ महिने कोर्स पूरा गर्ने गरी दुर्व्यसनमा लागेका युवाहरूको आवासीय सशुल्क उपचारको व्यवस्था गर्दै आएका छन् । 

केन्द्रमा आवासीय उपचार गराउन आउने युवालाई दुर्व्यसन छुटाउन दिनहुँ परामर्श कक्षामा सहभागी गराउने, नियमित स्वास्थ्य परीक्षण गराउने र हरेक दिन योग तथा ध्यानसमेत गराउँदै आइएको नवयात्रा पुनः स्थापना केन्द्रका सञ्चालक लुइँटेलले बताए । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : १४ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी