मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु « Khabarhub

मिलनचोक-लेखफाँट-शालिजा सडक कालोपत्र सुरु


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत– जिल्लाको उत्तरी गाउँपालिका जलजला-७ मिलनचोकबाट वडा नं ६ शालिजा जोड्ने मिलनचोक-खोलाखेत-धौलापहरा-शालिजा सडक आयोजनाअन्तर्गत वडा नं ४ खोलाखेतमा सडक कालोपत्र गर्न सुरु भएको छ । 

लुङ्दीखोला मोटरेबल पुलबाट खोलाखेत खेलमैदानसम्मको सडक स्तरोन्नति ढलान गर्न सडक डिभिजन कार्यालय पोखराले गर्न गत आर्थिक वर्षको वैशाखमा दुई खण्डमा ठेक्का लगाएको थियो । गत आवमा सङ्घीय सरकारबाट विनियोजन भएको रु पाँच करोड १५ लाखको लागतमा थालिएको सडक स्तरोन्नति अहिले तीव्र गतिमा भइरहेको छ ।

सडक निर्माणको जिम्मा लिएको माछापुच्छ्रे निर्माण सेवाले पहिलो खण्डअन्तर्गत सडक फराकिलो, ग्रेड सुधार, नाली निर्माण, टेवा पर्खाललगायत संरचनाको काम सकेर कालोपत्र गर्न लागेको हो । 

पहिलो खण्डमा खोलाखेतमा करिब सात सय ४० मिटर सडक कालोपत्र गरिने छभने दोस्रो खण्डमा स्तरोन्नतिको काम तीव्र रूपमा भइरहेको निर्माण व्यवसायी कलाधर आचार्यले जानकारी दिए  । उनका अनुसार आगामी असोजसम्म दोस्रो खण्डको काम पनि सम्पन्न हुनेछ ।

खोलाखेतमा सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सबबेस र बेस बिछ्याउने काम सकेर छ मिटर चौडाइ र  सात सय ४० मिटर दूरीमा कालोपत्र गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर लोकेश पौडेलले जानकारी दिए । उनका अनुसार मौसम अनुकूल भए १० देखि १५ दिनभित्रमा यो खण्डमा कालोपत्र गर्ने काम सकिने छ ।

गत आवको असार मसान्तसम्म ठेक्काको म्याद भए पनि विभिन्न कारणले आयोजना सम्पन्न गर्न ढिलाइ भएकाले आगामी पुस मसान्तसम्म म्याद थप गरिएको उनले जानकारी दिए । 

जलजला गाउँपालिकाका चारवटा वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलव्ध गराउनका लागि सडक कालोपत्रसहित स्तरोन्नति गर्न थालिएको हो । 

गत आवभित्र आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएकामा ढिलागरी ठेक्का आह्वान भएको र वर्षायामका कारण छ महिना म्याद थप भएको थियो । आगामी पुस समान्तसम्म सक्नुपर्ने काम असोजमा सम्पन्न हुने निर्माण व्यवसायी आचार्यको दाबी छ । 

यो सडकको करिब दुई दशकअघि ट्रयाक खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नं ५ लेखफाँट हुँदै ६ नं वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका थिए । 

गत आवमा मिलनचोकबाट लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति भई कालोपत्र भइसकेको छ । कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएका जलजला-४ का वडाध्यक्ष भरत क्षेत्रीले बताए ।  

सडक स्तरोन्नति भएपछि जलजलाको वडा नं ४ खोलाखेत, वढा नं ५ को रातामाटा, लेखफाँट, वडा नं ६ को भोटेडाँडा, शालिजा र ठोट्नेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् । रासस

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ०१ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा