नबिल बैंकले पायो युरो मनी अवार्ड « Khabarhub

नबिल बैंकले पायो युरो मनी अवार्ड


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नबिल बैंक लिमिडेटले ‘युरो मनी अवार्ड फर एक्सिलेन्स, २०२५ः बेस्ट बैंक फर सस्टेनेबल फाइनान्स’ अवार्डबाट सम्मानित भएको छ । युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो ।

नबिलले वार्षिक रुपमा गरेका दिगो बैंकिङका विभिन्न कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले ग्राहकलाई उपलब्ध गराउँदै आएको बैंकिङ सेवा, प्रविधिको प्रयोग, दिगोपना क्षेत्रमा गरेको पहल लगायतका आधारमा उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ ।

यो अवार्डलाई बैंकिङ क्षेत्रको मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता र विश्वसनीयताको आधारका रुपमा पनि लिइन्छ । नबिल बैंकले विगत पाँच वर्षदेखि नेपालको दिगो विकास लक्ष्य (एसडिजी)लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरणीय, समाजिक र सुशासन सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको छ ।

नबिलले आफ्नो रणनीतिमा दिगोपनलाई एक मुख्य आधार बनाई वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा आफूलाई केन्द्रित गर्दै कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी बैंकिङलाई प्रवर्द्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ ।

बैंकका यिनै कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै नबिललाई यो अवार्डद्वारा सम्मान गरिएको हो । युरोमनी म्यागजिन बैंकिङ क्षेत्रको लामो अध्ययन र विश्लेषणका आधारमा बैंकलाई सम्मान गरेको हो ।

बैंकले यसअघि सन् २०१०, २०२०, २०२१, २०२२ र २०२४ मा विभिन्न विधामा यूरोमनी अवार्ड फर एक्सिलेन्सबाट सम्मानित भइसकेको छ ।

नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ५१ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्