मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न | Khabarhub Khabarhub

मानपुर–डेढगाउँ सडक कालोपत्र सम्पन्न


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– बाह्र किलोमिटर मानपुर–डेढगाउँ सडक र शालिग्राम करिडोरअन्तर्गत १० किलोमिटर सडक कालोपत्र गरिएको छ । दुवै सडक गण्डकी प्रदेशका गौरवका आयोजना हुन् । 

देवघाट–भतेरी खण्डमा भने निर्माण जारी छ । यो सडकका निम्ति ४१ करोड ५२ लाख ४१ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार २६ करोड एक लाख ५७ हजार रुपैयाँको लागतमा मानपुर–डेढगाउँ सडक कालोपत्र भएको हो । शालिग्राम करिडोरमा  १७ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ । 

आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका विभिन्न स्थानमा ३८ किलोमिटर सडक कालोपत्र गरिएको छ भने चालु आवमा ५४ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको प्रमुख तिवारीले बताए  । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ०० बजे

जुम्लाका स्थानीय तहको आन्तरिक स्रोत खुम्चिँदो

जुम्ला– जुम्लाका स्थानीय तहले आन्तरिक स्रोतमार्फत खासै आम्दानी गर्न सकेका

सम्पर्क कार्यालयको बार्दलीमा हात हल्लाउँदै पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ ।

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी– लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको

समाजवादी व्यवस्थामा मात्र मजदुरका समस्या समाधान हुनेछन् : प्रचण्ड

कास्की–  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एनआईसी एशिया बैंकका ग्राहकलाई कैलाली हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा छुट दिने