‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’ « Khabarhub

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले अतिक्रमणकारी मुलुकसँग गम्भीर वार्ता गर्नुपर्ने बताएका छन्।

सामाजाकि सञ्जाल एक्समार्फत् उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालका अतिक्रमित भूभागबारे सम्बन्धित देशसँग सरकारले गम्भीर वार्ता गर्नुपर्ने बताएका हुन्।नेता रावलले केवल वक्तव्य दिएर मात्रै नपुग्ने पनि उल्लेख गरेका छन्।

‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग हो।लिपुलेक क्षेत्रबाट व्यापार सञ्चालन गर्ने भनी भारत र चीनले पुनः सहमति गरेको कुरा बाहिर आएको छ,’ रावलले लेखेका छन्, ‘कूटनीतिलाई समेत स्वार्थ साधनाको माध्यम बनाउने खेलको अन्त्य गरी नेपालको हित, स्वाधीनता र अखण्डताको रक्षातर्फ सरकार लागोस् ।’

लिपुलेकबारे यस्तो छ रावलको भनाइ-
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभाग हो।यस क्षेत्रमा हुने कुनै पनि बाह्य अतिक्रमण अमान्य छ।यस अघि पनि भारत र चीनका बीच लिपुलेक क्षेत्रबाट व्यापार गर्ने सम्बन्धमा सहमति भएको कुरा सार्वजनिक भएको थियो।नेपालको तर्फबाट उक्त भूमि आफ्नो भएको भन्दै विरोध जनाउनुका साथै चीन र भारतलाई पत्राचार गरिएको कुरा सार्वजनिक भएको थियो।

त्यस यता नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरूले भारत र चीनको भ्रमणमा गरेका छन् र भारत र चीनका त्यस्तै व्यक्तिहरूले नेपालको भ्रमण गरेका छन्।तर ती भ्रमणहरूका बेला अतिक्रमित नेपाली भूभागबारे कुनै कुरा गरिएको देखिँदैन।किन कुरा गरिएन रु अहिले फेरि भारत र चीनले लिपुलेक क्षेत्रबाट दुईपक्षीय व्यापार गर्ने विषयमा सहमति गरेका छन्।

यसो हुनुमा मूलतः नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको गैरजिम्मेवार, असक्षम र अयोग्य कुटनीति कारक रहेको छ।नेपालका प्रधानमन्त्रीलगायतका उच्च पदस्थ व्यक्तिहरूको विदेश भ्रमणलाई र मित्रराष्ट्रका राज्य र सरकारका प्रमुखहरूलाई नेपाल भ्रमण गराउनु राष्ट्रिय हितको प्रवद्र्धन गर्दै बाह्य सम्बन्धलाई पारस्परिक समानता, सम्मान र हितको आधारमा अगाडि बढाउने माध्यम बनाउनुको साटो सत्ता स्वार्थको लागि कसैलाई खुसी तुल्याउन राष्ट्रिय हितलाई समेत तिलाञ्जली दिने प्रवृत्ति र परिपाटीको अन्त्य हुनुपर्छ।लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालका सबै अतिक्रमित भूभागबारे सम्बन्धित देशसँग नेपाल सरकारले गम्भीर वार्ता गर्नुपर्छ।केवल वक्तव्य दिएर मात्र पुग्दैन।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ३० बजे

भारतसँग पराजित भएसँगै विश्वकपबाट बाहिरियो जिम्बावे

काठमाडौँ – जिम्बावेलाई ७२ रनले पराजित गर्दै भारतले आईसीसी टी–२०

नेपाल– भारत सीमामा गयो भूकम्प

काठमाडौं – नेपाल–भारत सीमामा फेरि भूकम्प गएको छ । बिहीबार

मुद्दा केन्द्रित प्रचार गर्न कांग्रेस उपसभापति शर्माको आग्रह

नवलपरासी – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन प्रचारप्रसारलाई मर्यादित

गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरमा मिनीटाटाको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको

बिर्तामोडबाट सवारी साधनसहित रु १० लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

झापा – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा