विहीबार नेप्से परिसूचक उकालो लाग्यो | Khabarhub Khabarhub

विहीबार नेप्से परिसूचक उकालो लाग्यो


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।

बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन । कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ । वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ । बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो होटलको रु तीन करोड १३ लाख ९९ हजार २०० मा कारोबार भई शीर्ष स्थानमा रहेको छ । यस्तै सिद्धार्थ बैंकको रु एक करोड ५५ लाख ५९ हजार ७२९, शिवम सिमेन्ट रु ९२ लाख १३ हजार ६४५, प्रभु बैंक रु ७९ लाख ८० हजार ८७, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु ४७ लाख १८ हजार ६०७ र एभरेष्ट बैंक लिमिटेडको रु ४६ लाख २० हजार ६९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार युनिलिभर नेपालका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा सप्तकोशी डेभलपमेन्ट बैंक ४, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ३.९६, कालिका पावर कम्पनी ३.९५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७० र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६९ प्रतिशतले कमाए ।

त्यस्तै, युनाइटेड फाइनान्स ९.३१, अरुण भ्याली हाइड्रोपावर ४.०८, नेपाल हाइड्रो ४, बैंक अफ काठमाडौँ ३.७८, मिथिला लघुवित्त वित्तीय संस्था ३.७३ र रिडी हाइड्रोपावरका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ४१ बजे

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ

सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु, अवरुद्ध महेन्द्र राजमार्ग सञ्चालन

चन्द्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१ मंगलपुरमा सवारी साधनले ठक्कर दिँदा

भिजिट भिसा प्रकरण : छानबिनका लागि समिति बनाउन प्रतिपक्षी एकमत

काठमाडौं– प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका प्रतिपक्षी दलहरू भिजिट भिसा

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी

अहमदावादमा विमान दुर्घटनापछि बोइङको शेयरमा पहिरो

काठमाडौं- भारतको अहमदावादमा एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनामा