श्रम मन्त्रालयको कल सेन्टर दशैंमा पनि सञ्चालन हुने « Khabarhub

श्रम मन्त्रालयको कल सेन्टर दशैंमा पनि सञ्चालन हुने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दशैं बिदामा पनि श्रमिकका गुनासा तथा जिज्ञासाहरुको सुनुवाईका लागि कल सेन्टर नियमित रुपमा नै संचालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्थापित कल सेन्टरले दशैं बिदा अवधिभर पनि सेवा दिने वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

दशैं अवधिभर कार्यालय समय १० बजेदेखि ५ बजेसम्म एक सिफ्टमा मात्र सेवा प्रवाह गरिने श्रेष्ठले बताए । कल सेन्टरमा ९ जना कर्मचारीले २ सिफ्ट गरेर श्रमिकका गुनासा सुन्ने र टिप्ने कार्य गर्दै आएका छन् ।

श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्षेत्रसँग सम्बन्धित कुनैपनि समस्याको गुनासो टिपाउन सकिने र मन्त्रालयले यसको तत्काल सम्बोधन गर्न गत चैत्र १८ गते कल सेन्टरको स्थापाना गरिको थियो।

त्यसैगरी बोर्डले दशैं बिदा अवधिभर निशुल्क शव ढुवानी सेवा नियमित रुपमा नै सुचारु गर्ने कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

असोज १९ देखि २२ गतेसम्म बोर्ड बन्द रहने भएपनि सेवाग्राहीको सहजताको लागि निशुल्क शव ढुवानी कार्यमा समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको उनले बताए।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ५ : ५८ बजे

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै

६० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले रु

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा