मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन « Khabarhub

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत् र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन् । 

मन्त्री खड्काले विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बरालसहितको टोलीलाई प्रदेशभरिका विद्युत् र सिँचाई सेवामा जनताको आवश्यकता र चाहनाअनुसार सुधार गर्न निर्देशन दिएका छन् ।

मन्त्री खड्काले मधेश प्रदेशमा विद्युत् चुहावट अन्य प्रदेशहरूको तुलनामा उच्च रहेको र यस समस्यालाई तत्काल रोक्नका लागि आवश्यक कदम उठाउन निर्देशन दिएका हुन् ।

उनले नागरिकहरूको जीउधनको सुरक्षा सुनिश्चित गर्दै सुरक्षित विद्युत् आपूर्ति गर्ने महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न निर्देशन दिएका हुन् ।

मन्त्री खड्काले मधेशका विभिन्न क्षेत्रमा पटक पटक बिजुली जाने जनगुनासोको समाधान गर्न २४ घण्टा विद्युत् आपूर्ति सुनिश्चित गर्ने उद्देश्यअनुरूप काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए ।

उनले मन्त्रालयका लागि कार्य प्रणालीमा सुधार गर्ने र राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन तथा दायित्व पूरा नगर्ने कर्मचारीलाई दण्डित गर्ने नीति रहेको जानकारी गराउँदै आफ्नो जिम्मेवारी र दायित्वलाई प्राथमिकताकासाथ पूरा गर्न निर्देशन दिए । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : १९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी