बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ? « Khabarhub

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका कारण चर्चामा छिन्। छ दिनमा मात्र भारतमै २०० करोडको कमाई गरेको यो फिल्मले विश्वव्यापी रूपमा ४०० करोडभन्दा बढी आम्दानी गरिसकेको छ। 

फिल्ममा रजनीकान्त, नागार्जुन, उपेन्द्र, सथ्याराज र सउबिन शाहीर जस्ता चर्चित कलाकारको अभिनय छ, र निर्देशन लोकश कनागराजले गरेका छन्।

हालै द हलिउड रिपोर्टर इंडियासँगको अन्तर्वार्तामा अभिनेत्री हासनले हिन्दी र दक्षिण भारतीय फिल्म उद्योगबीचको भिन्नता उजागर गर्दै दक्षिणका कलाकारहरू बलिउड कलाकारहरूभन्दा बढी विनम्र र यथार्थपरक हुने कुरा बताइन्। 

उनले भनिन्, ‘दक्षिणका कलाकारहरू आफ्नो पेशागत र व्यक्तिगत व्यवहारमा सजग र सचेत हुन्छन्। बिहान पूजा, देवताको फोटो राख्ने, र सेटमा नियमपालन गर्नुजस्ता साना संस्कारहरू उनीहरूको दिनचर्याको हिस्सा हुन्छ। धेरै पैसा भएका मानिसहरू पनि अत्यधिक भड्किला लुगा लगाउँदैनन् र पुरानो कार वर्षौंसम्म चलाउँछन्।’

अभिनेत्री हासनको करियर दक्षिण भारतीय फिल्म उद्योगमा अत्यन्त सफल रह्यो। तर बलिउडमा उनको यात्रा त्यति चम्किलो हुन सकेन। हिन्दी डेब्यु लक (२००९) असफल रह्यो, त्यसपछि ुफिर दिल तो बच्चा है जी’, ुरमैया वस्तावैया, ुवेलकम ब्याक, ुरकी ह्यान्डसम, ुबेहेन होगी तेरी, जस्ता फिल्महरूले पनि ठूलो प्रभाव छोड्न सकेनन्। बलिउडमा उनको एक मात्र हिट फिल्म भनेको ुगब्बर इज ब्याक ९२०१५० हो।  

अभिनेत्री श्रुतिको यो यात्रा बलिउड र दक्षिण भारतीय फिल्म उद्योगबीचको भिन्नता र कलाकारहरूको मानसिकता, संस्कार, र पेशागत समर्पणको रोचक उदाहरण प्रस्तुत गर्दछ। उनका अनुभवहरूले दर्शाउँछन् कि कला र सफलतासँगै विनम्रता र यथार्थपरक रहनु पनि महत्वपूर्ण छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ३७ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’

नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्ममा नेपालको कुल

म्याग्दी मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई एक

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा– स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै व्यावसायिक

परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प

झापा- भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण