बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ? « Khabarhub

बलिउड कलाकारमाथि किन खनिइन् श्रुति हासन ?


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री श्रुति हासन अहिले आफ्नो फिल्म ‘कुली’ को प्रदर्शनका कारण चर्चामा छिन्। छ दिनमा मात्र भारतमै २०० करोडको कमाई गरेको यो फिल्मले विश्वव्यापी रूपमा ४०० करोडभन्दा बढी आम्दानी गरिसकेको छ। 

फिल्ममा रजनीकान्त, नागार्जुन, उपेन्द्र, सथ्याराज र सउबिन शाहीर जस्ता चर्चित कलाकारको अभिनय छ, र निर्देशन लोकश कनागराजले गरेका छन्।

हालै द हलिउड रिपोर्टर इंडियासँगको अन्तर्वार्तामा अभिनेत्री हासनले हिन्दी र दक्षिण भारतीय फिल्म उद्योगबीचको भिन्नता उजागर गर्दै दक्षिणका कलाकारहरू बलिउड कलाकारहरूभन्दा बढी विनम्र र यथार्थपरक हुने कुरा बताइन्। 

उनले भनिन्, ‘दक्षिणका कलाकारहरू आफ्नो पेशागत र व्यक्तिगत व्यवहारमा सजग र सचेत हुन्छन्। बिहान पूजा, देवताको फोटो राख्ने, र सेटमा नियमपालन गर्नुजस्ता साना संस्कारहरू उनीहरूको दिनचर्याको हिस्सा हुन्छ। धेरै पैसा भएका मानिसहरू पनि अत्यधिक भड्किला लुगा लगाउँदैनन् र पुरानो कार वर्षौंसम्म चलाउँछन्।’

अभिनेत्री हासनको करियर दक्षिण भारतीय फिल्म उद्योगमा अत्यन्त सफल रह्यो। तर बलिउडमा उनको यात्रा त्यति चम्किलो हुन सकेन। हिन्दी डेब्यु लक (२००९) असफल रह्यो, त्यसपछि ुफिर दिल तो बच्चा है जी’, ुरमैया वस्तावैया, ुवेलकम ब्याक, ुरकी ह्यान्डसम, ुबेहेन होगी तेरी, जस्ता फिल्महरूले पनि ठूलो प्रभाव छोड्न सकेनन्। बलिउडमा उनको एक मात्र हिट फिल्म भनेको ुगब्बर इज ब्याक ९२०१५० हो।  

अभिनेत्री श्रुतिको यो यात्रा बलिउड र दक्षिण भारतीय फिल्म उद्योगबीचको भिन्नता र कलाकारहरूको मानसिकता, संस्कार, र पेशागत समर्पणको रोचक उदाहरण प्रस्तुत गर्दछ। उनका अनुभवहरूले दर्शाउँछन् कि कला र सफलतासँगै विनम्रता र यथार्थपरक रहनु पनि महत्वपूर्ण छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ३७ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी