तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र | Khabarhub Khabarhub

तातोपानीमा एक हजारभन्दा कन्टेनर अलपत्र


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चौतारा– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा नआउँदा एक हजारभन्दा बढी कन्टेनर अलपत्र परेका छन् । 

कन्टेनर अलपत्र पर्दा दसैँ र तिहार लक्षित सामग्री काठमाडौँ पठाउन नसकिएको हो । तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालका अनुसार सडक बन्द भएपछि तातोपानी क्षेत्र चिनियाँ भूभागमा कन्टेनर अलपत्र परेको बताए। उनले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएको उल्लेख गरे। 

हिमालय सिमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए। 

उनले भन्छन्, ‘दसैँ र तिहारलाई लक्षित गरी आयात गरेको सामान ल्याइएको हो, तातोपानी नाकामा ३० मिटर जतिमा पहिरोका कारण समस्या आएको हो ।’
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०९ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध