धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त | Khabarhub Khabarhub

धरान–४ र १४ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धरान– अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।

विसं २०५७-५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्‍याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिए ।

पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले निरीक्षण गरेका थिए । पुल तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको वडा सदस्य चाम्लिङले बताए।

उनका अनुसार बाढीका बेला यदि तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुललाई क्षति हुनबाट रोक्न सकिन्थ्यो । तत्काल आवश्यक सुरक्षात्मक संरचना निर्माण गरी पुल जोगाउने प्रयास भइरहेको छ ।

 उनले भने,’यसका लागि हामीले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुरोध गरिसकेका छौँ ।’ हाल पुलको क्षति बढ्न नदिन आवश्यक सतर्कता अपनाइँदै आएको र जोखिम न्यूनीकरणका उपायमा प्राथमिकता दिइएको उनले बताए।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ५३ बजे

लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला

काठमाडौँ – लुम्बिनी प्रदेशभित्र सञ्चालन भएका अधिकांश उद्योगमा काम गर्ने

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन

पाकिस्तानमा वर्षाजन्य विपदबाट २४ घण्टामा २४ जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले पाकिस्तानमा विगत

लिपुलेकका विषयमा भारत र चीनबीचको सम्झौता स्वीकार्य छैन : सांसदहरू

काठमाडौं– प्रतिनिधिसभामा भारत र चीनबीच नेपालको लिपुलेक क्षेत्रलाई व्यापारिक मार्ग

बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल