बैतडीमा महिला- बालबालिका हराउने क्रम बढ्दो, ५२ जनाको अवस्था अज्ञात | Khabarhub Khabarhub

बैतडीमा महिला- बालबालिका हराउने क्रम बढ्दो, ५२ जनाको अवस्था अज्ञात


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बैतडी– भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा महिला र बालबालिका हराउने क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा गएको तीन वर्षमा हराएकामध्ये ५२ जनाको अवस्था अझै अज्ञात रहेको छ । 

आर्थिक वर्ष २०७९-८० मा एक सय पाँच जना हराएकामा ९१ जना फेला परेका थिए । तीमध्ये १४ जनाको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

यसैगरी, आव २०८०-८१ मा एक सय १५ हराएकामा एक सय १३ जना फेला परेका थिए । आव २०८१-८२ मा एक सय २२ जना हराएकामा ८६ जना फेला परेका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको प्रहरी प्रवक्ता पाण्डेयले बताए। गत आवमा ५५ महिला, २७ बालक, २९ बालिका र एक एक जना ज्येष्ठ नागरिक बेपत्ता भएको प्रहरीमा निवेदन परेको थियो । तीमध्ये ८६ जना फेला परेका छन् ।

बेपत्ता भएको समयमा प्रहरीमा निवेदन दिए पनि कतिपयले फेलापरेको जानकारी नदिने भएकाले पनि बेपत्ताको तथ्याङ्क बढ्दै गएको प्रहरीले जनाएको छ । बैतडी भारतसँग खुला सीमा भएको जिल्ला भएकाले पनि धेरैजसो भारततर्फ जाने र उतै बस्ने गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोगलगायत कारणले पनि बेपत्ता मानिसको सङ्ख्या बढ्दै गएको प्रहरीको भनाइ छ ।

प्रहरीले बेलाबेलामा समस्या परेका नागरिकको उद्धार पनि गर्दै आएको छ । गत आवमा पाँच महिला, दुई बालक र तीन बालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ । ललाइफकाइ र आफैँ पनि सानै उमेरमा भारत जान खोज्ने बालबालिकाको सीमानाकाबाट उद्धार गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

निजामती विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धा राख्नुपर्ने प्रतिपक्षको अडान 

काठमाडौं– सङ्घीय निजामती सेवा विधेयकमा सहसचिवमा १० प्रतिशत खुला प्रतिस्पर्धाको प्रावधान

सङ्घीयताका सकारात्मक पक्षलाई व्यवहारमा उतार्न ध्यान दिनुपर्छ : सभामुख घिमिरे

पाटन– सभामुख देवराज घिमिरेले सङ्घीयताको पक्षमा भएका  सकारात्मक अध्ययनका निष्कर्षलाई

टुइनेटरको न्यून संख्याका कारण हिमाली तथा पहाडी क्षेत्रमा नियमित उडान गर्न कठिनाइ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाली तथा

सदनलाई छलेर करका दर हेरफेर गरिएको भन्दै संसद‍्‍मा माओवादीको आपत्ति

काठमाडौं– नेकपा माओवादी केन्द्रले सदनलाई छलेर करका दर हेरफेर गरिएको

संसद्‍मा रामहरिले भने- लिपुलेक भएर व्यापार मार्ग खोल्ने सम्झौताबारे कूटनीतिक माध्यमबाटै समाधान गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाली भूमि लिपुलेक भएर