मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय | Khabarhub Khabarhub

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाउँदै आएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यो अस्पतालमा मासिक ५०० बालबालिकाले यसको सेवन गर्दै आएको जनाइएको छ । 
 
चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु प्राशन एक आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, महलगायत जडीबुटी मिसाएर तयार गरिन्छ । यो मिश्रण विशेषतः पुस्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त शुभ र प्रभावकारी मानिन्छ ।
 
उनले भनिन्, ‘विभिन्न अध्ययनहरूले देखाएका छन् की स्वर्णबिन्दु सेवन गरेका बालबालिकाहरूलाई अस्पताल जानु नपर्ने सम्भावना बढी हुन्छ । ती बच्चाहरूको रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) पनि बलियो भएको पाइन्छ । औषधि सेवन गर्ने र अस्पताल भर्ना हुने दरसमेत कम भएको देखिएको छ ।’ 

तत्कालै ज्वरो रुघा तथा पखाला लागेका बच्चामा यो खुवाउन नमिल्ने उनले जानकारी दिए। मुख्यतः छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई यो खुवाउने गरिएको डा अधिकारीले बताइन्।
 
चिकित्सालयका बालरोग विशेषज्ञ डा. सुशान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक प्रभाव पार्दछ । नियमित सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा सुधार आएको र मानसिक क्षमता (तिक्ष्णता) समेत वृद्धि भएको देखिएको छ ।
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रव्यापी रुपमा स्वर्ण बिन्दु प्राशन कार्यक्रम लागू गर्ने उद्देश्यले  २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिहीबारदेखि यो कार्यक्रम लागू गरेको छ । केन्द्रको घोषणा हुनु झण्डै दुई वर्षअघि चिकित्सालयले आफ्नै निर्देशिका बनाएर यो सेवन गराउँदै आएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ०५ बजे

विश्वासको मत नलिएकोबारे सर्वोच्चले प्रधानमन्त्री ओलीलाई सोध्यो कारण

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नलिनुको

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी– लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको