१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया « Khabarhub

१५ वर्षको संघर्षपछि ‘खादा’ र ‘मिठाई’सहित नागरिक बनेकी सुकुमाया


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सात वर्षको उमेरमै बेचबिखनमा परेर भारतको सर्कसमा काम गर्न पुगेकी सुकुमाया लामाले १५ वर्ष लामो संघर्षपछि मकवानपुर जिल्ला प्रशासन कार्यालयबाट आज नेपाली नागरिकता प्राप्त गरेकी छिन् ।

हेटाैडा उपमहानगरपालिका वडा नम्बर १० मा जन्मेकी र बुवाआमा दुवै नेपाली नागरिकता भएकी सुकुमायाले विदेशीसँग विवाह गरेको कारण नागरिकता लिन लामो संघर्ष गर्नुपरेको हो । भारतको सर्कसमा बस्दा उनले एक भारतीय पुरुषसँग विवाह गरिन् र सन्तान पनि भयो। तर, श्रीमानको मृत्यु भएसँगै सर्कस पनि बन्द भएपछि उनी उद्धार भई नेपाल आएकी थिइन् ।

नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्याहरूसँग जुध्नु पर्‍यो । उनले विदेशीसँग विवाह गरेको कारण लैङ्गिक पूर्वाग्रही मानसिकताका आधारमा नागरिकता दिन अस्वीकार गरियो । यसरी संविधानले स्पष्ट व्यवस्था गरेको—’बुवाआमा नेपाली भए सन्तान पनि नेपाली हुन्छ’-भन्ने अधिकारबाट उनी वञ्चित भइन् ।

२०६९ सालमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडि) मार्फत अदालतमा मुद्दा हालेकी सुकुमायाको संघर्ष झण्डै १३ वर्षसम्म अदालतमै चल्यो । हालै मात्र संवैधानिक इजलास (प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलास) ले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गर्दै उनलाई नागरिकता दिन आदेश गरेको हो। त्यसैको आधारमा शुक्रबार उनले नागरिकता पाएकी हुन् ।

सुकुमायाले नागरिकता पाएपछि आफू अत्यन्तै खुसी भएको बताइन्। उनले भनिन्, ‘पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया भएकी छु। यो लामो लडाइँमा साथ दिने एफडब्लुएलडिलाई धन्यवाद दिन चाहन्छु ।’

उनी १५ वर्षभन्दा बढी समयदेखि यस संघर्षमा थिइन् । अदालतमै मात्र १३ वर्ष लड्दा थाकिसकेको अवस्थामा अन्ततः उनले न्याय पाएकी छिन् । नागरिकता पाएपछि ‘मिठाई’ बोकेर र ‘खादा’ लगाएर खुसीसाथ उपस्थित भएकी उनले अब आफ्ना दुई छोरीहरूको नागरिकता अधिकारका लागि लडाइँ जारी रहने उल्लेख गरिन् ।

एफडब्लुएलडिका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले सुकुमायाले नागरिकता पाएकोमा खुसी व्यक्त गर्दै भने ‘१३ वर्षको अदालती लडाई पछि पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया बनाउन पाएकोमा खुसी छौँ, यो घटनाले संविधानले दाबी गरेअनुसार छोरा र छोरीबीचको नागरिकता अधिकारमा देखिने असमानतालाई पुनः उजागर गरेको छ। छोरा विदेशीसँग विवाह गर्दा कुनै समस्या नहुने तर छोरीलाई नागरिकता पाउन दशकौँसम्म संघर्ष गर्नुपर्ने परिस्थितिको यो बलियो उदाहरण बनेको छ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ३६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारका लागि संघर्ष : बाढीले थुनिएको बाटो खोलियो

रसुवा– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका

रसुवामा चिनियाँ जनमुक्ति सेनाका सुरुङ उद्धार विशेषज्ञ, भारत र चीनका टोली जोडिए

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने