काठमाडौं- चीनले चेक गणतन्त्रका राष्ट्रपति पेटर पाभेलसँगको सम्पूर्ण सम्पर्क र संलग्नता बन्द गरेको छ । तिब्बती धर्मगुरु दलाई लामासँग भेटवार्ता गरेपछि चीनले चेक गणतन्त्रका राष्ट्रपतिसँग सबै सम्पर्क र संलग्नता बन्द गरेको हो ।
टर्किस समाचार संस्था आनादोलु एजेन्सीका अनुसार पाभेलको यो भेटले दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको छ । भेटअघि चीनले यसको चर्को विरोध गरेको थियो ।
चीनले दलाई लामालाई तिब्बतको स्वतन्त्रताको माग गर्ने पृथकतावादी नेताको रूपमा हेर्दै आएको छ । चीनले तिब्बती धर्मगुरुको अन्तर्राष्ट्रिय गतिविधिलको पनि आलोचना गर्दै आएको छ ।
दुई जनाबीच गत जुलाई २७ का दिन भारतको लद्दाख क्षेत्रमा भेटवार्ता भएको थियो । चेक गणतन्त्रले भने व्यक्तिगत प्रकृतिको यो भेटले कुनै राजनैतिक महत्व नराख्ने प्रष्ट्याएको छ ।
प्रतिक्रिया