आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ८ गते आइतबारको राशिफल


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ अगष्ट २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

वृष : दिन सामान्य छ। शुभकार्यमा बाधा आइपर्नेछ। तपाईंको योजनाबाट विपक्षीले लाभ लिनेछन्। अप्रिय समाचार सुन्नुपर्ने हुनसक्छ। लामो दुरीको यात्रा सुखद् हुनेछ।

मिथुन : दिन राम्रो छ। धार्मिक क्षेत्रमा झुकाव बढ्नेछ। आफ्नो मूल्याङ्कन गर्ने क्षमता बढ्नेछ। पुराना साथीसँगको भेटले नयाँ कामको योजना बन्नेछ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। गुम्न लागेको धन हात लाग्नेछ। स्वास्थ्य र शिक्षामा गरेको प्रयासबाट सकारात्मक सन्देश मिल्नेछ। आज पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयासबाट सफलता मिल्नेछ। विपक्षी शान्त भएकाले आफ्नो काम सुचारु गर्न सहज हुनेछ। बिहान उठेर पन्छीलाई दाना दिनु लाभदायी हुनेछ।

कन्या : दिन सामान्य राम्रो छ। सञ्चित धन खर्च हुनेछ। राजनीति र सामाजिक क्षेत्रमा फाइदा हुनेछ। स्वास्थ्य र शिक्षामा सकारात्मक उपलब्धि प्राप्त हुनेछ। कृषि र दुग्धजन्य वस्तुमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

तुला : दिन राम्रो छ। आज कला र गलाको प्रस्तुति गर्नुपर्ने दिन छ। साथीभाइको सेवा गर्नाले आफ्नो काम ओझेलमा पर्नसक्छ। परिवारको साथमा नजिकैको सुखद् यात्रा तय हुनेछ।

वृश्चिक : दिन राम्रो छ। भाग्यस्थानमा चन्द्रमा पुगेका छन्। तपाईको कार्यकुशलताको प्रशंसा हुनेछ। शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शत्रु बढ्ने भएकाले कम बोल्नु उचित हुनेछ।

धनु : दिन राम्रो छ। आज दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। सामाजिक कार्यको प्रशंसा हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधारको योग छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आफ्नै साथीभाइबाट धोका हुने जोखिम छ। अपमानित हुनुपर्ने दिन छ। दाम्पत्य जीवनमा मेलमिलाप हुनेछ। परिवारको साथ लिएर गरेको कामबाट फाइदा मिल्नेछ।

कुम्भ : साना कुरामा पनि रिस उठ्नेछ। धार्मिक व्यक्तित्वसँग भएको भेटघाटले मनमा शान्ति मिल्नेछ। लगानी गर्नु भत्ता भएको सम्पत्तिको संरक्षण गर्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर अघि बढ्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ। आफ्नै बलबुतामा गरेको कामबाट फाइदा हुनेछ। पठनपाठनमा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। दाम्पत्य जीवन भने सुखमय बन्नेछ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ५ : ०४ बजे

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप

फेसबुकमा ‘मेयरका दुई/ तीनवटी श्रीमती…’ लेखेपछि शिक्षकको सरुवा

सुनसरी – फेसबुक स्टाटस लेखेकै आधारमा सुनसरीको वराहक्षेत्र नगरपालिका-८ स्थित

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर

धवलशम्शेरले भने- कुनै हालतमा राप्रपालाई फुट्न दिनु हुँदैन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई

रक्तदान परोपकारी हितसँगै स्वयंको पनि हित होः प्रदेश प्रमुख भट्ट

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले रक्तदानले परोपकारी हितसँगै स्वयं