गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार « Khabarhub

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष पनि आलु मेला सम्पन्न भएको छ। गुम्दा एकता युवा क्लब र थामरा धार्चे युवा क्लबले यही भदौ १ देखि ५ गतेसम्म उक्त मेला आयोजना गरेको हो।

‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवर्द्धनमा हाम्रो अभियान’ नाराका साथ मेला आयोजना गरिएको आयोजक गुम्दा एकता क्लबका अध्यक्ष मनुराज गुरुङले बताए।

मेलामा जिल्लास्तरीय अन्तर क्लब पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीयस्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

पुरुष भलिबल प्रतियोगितामा धार्चे–७ लापुबेँसीको घले हाब्रेस्टिङ युवा क्लब प्रथम, बारपाक सुलिकोटको बाह्रमुले युवा क्लब द्वितीय र बारपाक सुलिकोट युवा क्लब प्रतियोगितामा तृतीय भयो। प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

महिला भलिबलतर्फ बारपाक सुलिकोटक टोली ‘ए’ प्रथम, बारपाक सुलिकोटक टोली ‘बी’ द्वितीय र द मुस्कान युवा क्लब तृतीय भए। उनीहरूले क्रमश रु २० हजार,१० हजार र सात हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष गुरुङले बताउनुभयो। प्रतियोगितामा पुरुष र महिला भलिबलतर्फ प्रथम, दोस्रो र तेस्रो हुने सबै टोलीलाई तीन–तीन पाथी आलु प्रदान गरिएको थियो।

यस्तै, एकल लोक नृत्य प्रतियोगितामा रुपा गुरुङ प्रथम, सुस्मिता सुनार द्वितीय र निस्मा गुरुङ तृतीय भइन्। समूहगत लोकनृत्य प्रतियोगितामा धार्चे आमा समूह गुम्दा प्रथम, गुम्दा एकता महिला समूह गुम्दा द्वितीय र हिमाली आमा समूह लाप्राक तृतीय भए।

धार्चेको गुम्दा, लाप्राकलगायत आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रूपमा चिन्ने गरिन्छ। यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो। यहाँ उत्पादित आलु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौंलगायतका बजारमा बिक्री गरिन्छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : ०९ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका