गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब « Khabarhub

गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीले एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेश लगेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब बढीले विदेश पढ्न जाने विद्यार्थीले पैसा विदेश लगेको देखाएको हो ।

त्यस्तै, गत आर्थिक वर्षमा नेपालबाट विदेश भ्रमण गर्न जानेले ८५ अर्ब २४ करोड रुपैयाँ विदेशमा खर्च गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा भ्रमण आय ७.७ प्रतिशतले वृद्धि भएर ८८ अर्ब  ६६ करोड पुगेको तर, खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : १२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक