टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता | Khabarhub Khabarhub

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । 

तमोर करिडोर सडकखण्डमा ‘तमोर–५ हाइड्रोपावर’को ग १ क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्ने तनहुँको शुक्लागण्डकी गाउँपालिका–४ का अन्दाजी २४ वर्षीय सुदीप सुवेदी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जुङले जनाएको छ ।

टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा गइ खोजी गरेको तर फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार टिपर भने नदीमा डुबेको अवस्थामा छ । बेपत्ता सुवेदीको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ०६ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका