नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती | Khabarhub Khabarhub

नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको चुनौती


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले बिहीबार बिहान भएको अभ्यास खेलमा साउथ अस्ट्रेलियालाई १४७ रनको चुनौती दिएको छ।

पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो। साउथ अस्ट्रेलियाको कसिलो बलिङविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।

नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए। अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ।

नेपाल र साउथ अस्ट्रेलियाका टी–२० अभ्यासका दुई खेल आजै हुँदैछन्। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्नेछ।

यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो।

पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।

आज दुई वटा टी-२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ८ : २६ बजे

संघले तीन करोडभन्दा साना योजना कार्यान्वयन नगर्ने विषय चुनौती भयो : अर्थमन्त्री

काठमाडौँ- उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्याउन

युवाको उमेर अब १८-३५ वर्ष कायम हुने

काठमाडौं– युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने

फिल्म ‘नो एन्ट्री २’ मा पुराना कलाकार नदोहोरिने 

काठमाडौं – निर्देशक अनिष बज्मीले आफ्नो सुपरहिट फिल्म ‘नो एन्ट्री’ को

सामुदायिक वन : ग्रामीण विकासका आधार

अर्घाखाँची– जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र

मधेशमा हैजाको प्रकोप बढ्दै, सङ्क्रमितको सङ्ख्या ५४० पुग्यो 

काठमाडौं– मधेश प्रदेशमा फैलिएको हैजाको प्रकोप बढ्दै गएको छ। इपिडिमियोलोजी