टी-२० अभ्यास: साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित « Khabarhub

टी-२० अभ्यास: साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिम टी-२० अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको छ। १४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले सात विकेटको क्षतिमा अन्तिम बलमा चौका प्रहार गर्दै भेट्टाएको हो।

बिहीबार भएको पहिलो खेलमा टस जितेर साउथ अस्ट्रेलियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो। अस्ट्रेलियाविरुद्ध नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ खेल्न सकेनन्। भीम सार्कीले ३२ बलको सामना गरेर सर्वाधिक ३२ रन जोडे। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १९ बलको सामना गरेरर २६ रन जोड्दा आशिफ शेखले १३ बलको सामना गरेर २२ रन बनाए। पूरै २० ओभर खेल्दै नेपालले ९ विकेटको क्षतिमा १४६ रन बनाएको हो।

नेपाललाई सस्तैमा समेट्न साउथ अस्ट्रेलियाका थम्पसन, टी ब्राउन र एच मानेन्टीले समान दुईदुई विकेट लिए।

१४७ रनको लक्ष्य पाएको अस्ट्रेलियाका लागि जवाफी ब्याटिङमा एपी विन्टरले सर्वाधिक ३६ रन बनाउँदा होगेनबोरिजिमले २८ र एमडब्लु हार्वेले २७ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन विकेट हात पारे। उनले १८ रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। नन्दन यादवले दुई विकेट लिएको खेलमा कप्तान रोहित पौडेलले एक विकेट हात पारे।

नेपाल र साउथ अस्ट्रेलियाको टी-२० अभ्यासको अर्को खेल आजै हुँदैछ। पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग दोस्रो प्रतिस्पर्धा गर्न लागेको हो।

टसपछि नेपाल र साउथ अस्ट्रेलियाका कप्तान । तस्बिरः क्यान

यसअघि मंगलबार भएका दुई अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको छ।

आज दुई वटा टी-२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआई प्रतिस्पर्धा गर्न लागेको हो। उक्त खेल शनिबार बिहान ५:१५ बजे सुरु हुनेछ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ०४ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर