खोटो बेचेर अठार लाख बढी आम्दानी « Khabarhub

खोटो बेचेर अठार लाख बढी आम्दानी


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

घोराही– खोटो बेचेर वन समूहले १८ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जिल्लाका चार सामुदायिक वनले १८ लाख ३७ हजार छ सय ५७ रुपैयाँ आम्दानी गरेका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र  रङ बनाउन प्रयोग गरिन्छ ।  यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ रुपैयाँ किलो कम खोटो सङ्कलन  भएको छ । आव २०८०/८१ मा जिल्लाका सात वटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा नौ लाख ३९ हजार २७ रुपैयाँ आम्दानी भएको थियो । खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।  रासस

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ११ : २१ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’