खोटो बेचेर अठार लाख बढी आम्दानी « Khabarhub

खोटो बेचेर अठार लाख बढी आम्दानी


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

घोराही– खोटो बेचेर वन समूहले १८ लाख रुपैयाँ बढी आम्दानी गरेका छन् । जिल्लाका चार सामुदायिक वनले १८ लाख ३७ हजार छ सय ५७ रुपैयाँ आम्दानी गरेका हुन् ।

डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र  रङ बनाउन प्रयोग गरिन्छ ।  यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् । 

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा एक लाख ९६ हजार ७५६ रुपैयाँ किलो कम खोटो सङ्कलन  भएको छ । आव २०८०/८१ मा जिल्लाका सात वटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो सङ्कलन भएको थियो । 

आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो सङ्कलन गरी बिक्री गर्दा नौ लाख ३९ हजार २७ रुपैयाँ आम्दानी भएको थियो । खोटो सङ्कलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।  रासस

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ११ : २१ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन