कोशी प्रदेशसभामा तथ्याङ्कसम्बन्धी विधेयक पारित « Khabarhub

कोशी प्रदेशसभामा तथ्याङ्कसम्बन्धी विधेयक पारित


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘कोशी प्रदेश तथ्याङ्कसम्बन्धी व्यवस्थित गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘विधेयक पारित गरियोस्’ भनी राखेको प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले पारित भएको हो ।

यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्य निरन राई, कमला दर्नाल र छविलाल चुँडालले धारणा राखेका थिए । विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेका सदस्य रमेशकुमार बस्नेतले प्रस्ताव फिर्ता लिएका थिए ।

मन्त्री मगरले सरकारले बनाउने योजना, नीति, नियम एवं कानुनलाई कार्यान्वयन तहसम्म लैजान तथ्याङ्कको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

उनले प्रदेश सरकारले प्रत्येक पाँच वर्षमा बनाउने योजनामा तथ्याङ्कको भूमिकालाई इन्कार गर्न नसकिने भन्दै सही तथ्याङ्कले मात्र सरकारले वितरण गर्ने सेवासुविधा नागरिक तहसम्म पुग्ने विचार राखे  ।

विशेष तथा शून्य समय

विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले दलित सशक्तीकरण ऐन ल्याउनुपर्नेमा जोड दिए । 

उनले सरकारले ल्याएको आमसञ्चार विधेयकमा धेरै त्रुटि रहेकाले पुनः न्याय, प्रशासन तथा विधायन समितिमा छलफल गर्नुपर्ने धारणा राखे । उप्रेतीले चालु अधिवेशनमा नै संसदीय नियमावलीलाई छिनोफानो गर्न सुझाव दिए  ।

यस्तै, शून्य समयमा प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईँ, सपना दर्जी, प्रदीपकुमार सुनुवार, सुनिताकुमारी गुरुङ, विद्या चाम्लिङ राई, कमला थापा मगर, मीना श्रेष्ठ, किशोरचन्द्र दुलाल, तिलचन पाठक र शोभा चेम्जोङले विविध पक्षमा सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रदेशसभाको अर्को बैठक भदौ १५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ६ : ०८ बजे

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।