दैजी जोगबुढा सडक : आठ वर्षमा पाँच किमी कालोपत्र « Khabarhub

दैजी जोगबुढा सडक : आठ वर्षमा पाँच किमी कालोपत्र


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर-  कञ्चनपुर र डडेल्धुराको भित्रि मधेस जोड्ने दैजी जोगबुढा सडक आठ वर्षमा पाँच किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीदेखी डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किमी सडक निर्माणका लागि २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसँग २१ करोड २६ लाख ५३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णता पाएको छैन ।

हालसम्म सडक निर्माणका लागि पाँच पटक म्याद थप भएको छ । सडक निर्माणका लागि पछिल्लो पचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको भए पनि उक्त समयसमेतमा सडक निर्माण हुन नसकेको पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले जनाएको छ । गत आर्थिक वर्षमा सडम निर्माणको काम नहुँदा एक करोड बजेट फ्रिज भएको थियो ।

कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीले सडक निर्माणका लागि हालसम्म पाँच पटक म्याद थप गरिएको भए पनि सडक निर्माण सम्पन्न हुन नसकेको गरिएको जानकारी दिए । ‘अहिलेसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।’ उनले भने, ‘सात किमी  सडक निर्माणको काम बाँकी नै छ, निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ ।’ उनका अनुसार निर्माण व्यवसायीले दुई करोड ९० लाख भुक्तानी पाउन मात्रै बाँकी छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नु परेको छ । ‘पञ्चायतकलामा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन ।’ यहाँका स्थानीय केशव बोहराले भने, ‘यो सडक निर्माण नहुँदा धेरै दुःख पाएका छौँ हिउँदमा धुलाम्य हुन्छ वर्षादमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’

उनले उक्त ३१ किमी सडक निर्माण नहुँदा यहाँका स्थानीयले १५० किमी घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो गरे । डडेल्धुराको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दुरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा समेत छ । (रासस)

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ७ : २० बजे

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा