अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई राष्ट्रसङ्घ महासभामा आउन नदिने « Khabarhub

अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई राष्ट्रसङ्घ महासभामा आउन नदिने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपतिलाई संयुक्त राष्ट्रसङ्घको महासभामा आउन नदिने भएको छ । अमेरिकाले प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बास र ८० भन्दा धेरै अधिकारीलाई भिसा दिन अस्वीकार गरेको हो ।

आउँदो महिना न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभा आयोजना हुँदैछ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्यालेस्टाइनी पक्षले शान्तिको पहलमा बाधा पु¥याएको भन्दै यस्तो निर्णय गरेका हुन् ।

बीबीसीका अनुसार प्यालेस्टाइनी राज्यलाई मान्यता दिइने एकपक्षीय कदमको विरोधमा अमेरिकाले यस्तो कदम चालेको हो । आउँदो महासभामा फ्रान्सले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने पहलको नेतृत्व गरिरहेको छ ।

यस कदमको इजरायलले स्वागत गरेको छ । इजरायली विदेशमन्त्री गिडियन सारले अमेरिकी विदेश मन्त्रालयको निर्णयको स्वागत गरेका हुन् ।

प्यालेस्टाइनले भने अमेरिकाको घोषणाप्रति आश्चर्य जाहेर गरेको छ । अमेरिकाको यस कदम राष्ट्रसङ्घ मुख्यालय सम्झौता र अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा रहेको प्यालेस्टाइनी पक्षको आरोप छ ।

यसअघि राष्ट्रसङ्घमा प्यालेस्टाइनका राजदूत रियाद मन्सुरले आउँदो महासभामा अब्बासको नेतृत्वमा प्यालेस्टाइनले सहभागिता जनाउने घोषणा गरेका थिए ।

सदस्य नभएपनि प्यालेस्टाइनलाई राष्ट्रसङ्घले पर्यवेक्षकको मान्यता दिएको छ । सन् १९७४ मा राष्ट्रसङ्घले प्यालेस्टाइन मुक्ति संगठन पीएलओलाई ‘प्यालेस्टाइनी जनताको एकमात्र प्रतिनिधि मान्दै पर्यवेक्षकको दर्जा दिएको थियो ।

पछि सन् २०१२ मा महासभाले प्यालेस्टाइनलाई गैरसदस्यीय स्थायी पर्यवेक्षक राज्यको मान्यता दिएको थियो । न्यूयोर्कमा रहेको राष्ट्रसङ्घको मुख्यालयमा आयोजना हुने महासभामा जुनसुकै मुलुकका प्रतिनिधिलाई पनि अमेरिकाले भिसा दिने चलन छ ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  ५ : ३८ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी