राष्ट्रपति सीले गरे यी वाचा : अवरूद्ध नाका खोल्ने, एआई प्रविधिमा सघाउने र नेपाली उत्पादनलाई बजार खोजिदिने | Khabarhub Khabarhub

राष्ट्रपति सीले गरे यी वाचा : अवरूद्ध नाका खोल्ने, एआई प्रविधिमा सघाउने र नेपाली उत्पादनलाई बजार खोजिदिने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन थ्यानचिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीको प्रतिनिधिमण्डललाई तीनवटा पक्षमा तीव्रताका साथ काम गर्ने वचन दिएका छन् ।

चिनियाँ राष्ट्रपति सीच चिनफिङसँग नेपालबाट गएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले थ्यानचिन गेस्ट हाउसममा गरेको वार्ताका क्रममा यस्तो वचन आएको हो ।

वार्तामा नेपाल–भारत सीमा विवाददेखि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनबारे दुई देशका नेतृत्वबीच छलफल भएको छ।

उक्त वार्ताका क्रममा राष्ट्रपति सीले जमिनको माध्यमबाट नेपालका लागि विश्वका ठूला बजार खोजिदिने, एआई र सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानी बढाउने, बीआरआई कार्यान्यवनलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले भनेजस्तै राष्ट्रपति सीले नेपाललाई जमीनमार्गबाट विश्वका ठूला बजार खोज्न सघाउने प्रतिबद्धता गरेका छन् ।

सीले दिएका वचन र प्रतिबद्धता

हामी नेपाललाई भूपरिवेष्ठितबाट ‘ल्यान्ड लिंक’ अर्थात् जमिनको माध्यमबाट विश्वका ठूला बजाहरूमा आवद्ध हुने देशका रुपमा विकास भएको हेर्न चाहन्छौँ ।

अवरुद्ध भएका व्यापारिक नाका खोलेर व्यापार सुचारू गराउने कुरामा थप प्रतिबद्धता जनाउँदै राष्ट्रपति सीले यसमा नेपाललाई आश्वस्त बनाए ।

चीनमा नेपालको तर्फबाट अलिक ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषियोग्य वस्तुको उत्पादनमा सीले जोड दिएका छन् ।

नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेछ भन्ने वचन पनि उनले दिएका छन् ।

राष्ट्रपति सीले खासगरी अहिलेको एआई र सूचना प्रविधिको विकासमा चीनले नेपाललाई सहयोग गर्छ भन्ने वचन पनि दिएका छन् ।

उनले विश्वका नयाँ नयाँ आयाममा आवद्धताका धेरै विषयमा चीनको सहयोग रहनेछ भन्ने पनि ओलीको प्रतिनिधिमण्डललाई विश्वास दिलाएका छन् ।

राष्ट्रपति सीले सीमा व्यापारको सन्दर्भमा कुरा हुँदा अहिलेको अवरोध हटाउन चीन सरकार लाग्ने बताए ।

चिनियाँ राष्ट्रपतिले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई अघि बढाउन संयन्त्रहरू बनाउनुपर्ने आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ५१ बजे

बिडिसिए कपः त्रिपुरा सेमिफाइनलमा

बैतडी – त्रिपुरा क्रिकेट क्लब बिडिसिए कपको २२औँ संस्करणको सेमिफाइनलमा

मधेसमा कांग्रेसको समर्थनमा फेरि मुख्यमन्त्री दाबी गर्दै सोनल

काठमाडौँ- मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश

भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

सिरहा – भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी