राष्ट्रपति सीले गरे यी वाचा : अवरूद्ध नाका खोल्ने, एआई प्रविधिमा सघाउने र नेपाली उत्पादनलाई बजार खोजिदिने « Khabarhub

राष्ट्रपति सीले गरे यी वाचा : अवरूद्ध नाका खोल्ने, एआई प्रविधिमा सघाउने र नेपाली उत्पादनलाई बजार खोजिदिने


१४ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन थ्यानचिन सहर पुगेका प्रधानमन्त्री केपी शर्मा ‌ओलीको प्रतिनिधिमण्डललाई तीनवटा पक्षमा तीव्रताका साथ काम गर्ने वचन दिएका छन् ।

चिनियाँ राष्ट्रपति सीच चिनफिङसँग नेपालबाट गएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले थ्यानचिन गेस्ट हाउसममा गरेको वार्ताका क्रममा यस्तो वचन आएको हो ।

वार्तामा नेपाल–भारत सीमा विवाददेखि बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयनबारे दुई देशका नेतृत्वबीच छलफल भएको छ।

उक्त वार्ताका क्रममा राष्ट्रपति सीले जमिनको माध्यमबाट नेपालका लागि विश्वका ठूला बजार खोजिदिने, एआई र सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानी बढाउने, बीआरआई कार्यान्यवनलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।

भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले भनेजस्तै राष्ट्रपति सीले नेपाललाई जमीनमार्गबाट विश्वका ठूला बजार खोज्न सघाउने प्रतिबद्धता गरेका छन् ।

सीले दिएका वचन र प्रतिबद्धता

हामी नेपाललाई भूपरिवेष्ठितबाट ‘ल्यान्ड लिंक’ अर्थात् जमिनको माध्यमबाट विश्वका ठूला बजाहरूमा आवद्ध हुने देशका रुपमा विकास भएको हेर्न चाहन्छौँ ।

अवरुद्ध भएका व्यापारिक नाका खोलेर व्यापार सुचारू गराउने कुरामा थप प्रतिबद्धता जनाउँदै राष्ट्रपति सीले यसमा नेपाललाई आश्वस्त बनाए ।

चीनमा नेपालको तर्फबाट अलिक ठूलो मात्रामा निर्यात बढाउनका लागि गुणस्तरीय कृषियोग्य वस्तुको उत्पादनमा सीले जोड दिएका छन् ।

नेपालमा औद्योगिक विकास गर्नका लागि चीनको सहयोग रहनेछ भन्ने वचन पनि उनले दिएका छन् ।

राष्ट्रपति सीले खासगरी अहिलेको एआई र सूचना प्रविधिको विकासमा चीनले नेपाललाई सहयोग गर्छ भन्ने वचन पनि दिएका छन् ।

उनले विश्वका नयाँ नयाँ आयाममा आवद्धताका धेरै विषयमा चीनको सहयोग रहनेछ भन्ने पनि ओलीको प्रतिनिधिमण्डललाई विश्वास दिलाएका छन् ।

राष्ट्रपति सीले सीमा व्यापारको सन्दर्भमा कुरा हुँदा अहिलेको अवरोध हटाउन चीन सरकार लाग्ने बताए ।

चिनियाँ राष्ट्रपतिले नेपाल र चीनबीचको आर्थिक सम्बन्धलाई अघि बढाउन संयन्त्रहरू बनाउनुपर्ने आवश्यक रहेको पनि बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८२, शनिबार  १० : ५१ बजे

राजनीतिबाट ‘निष्क्रिय’ देउवा उपचारका लागि सिंगापुर उडे

काठमाडौं – चुनावको मुखमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका अपदस्थ सभापति

निर्वाचनबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘बाँदर नियन्त्रणको खाका ल्याउँनेलाई भोट’

बागलुङ – बागलुङको जैमिनी क्षेत्रमा भोट माग्न जाने उम्मेदवारलाई मतदाताले

सुर्खेत र बाँकेमा आज कांग्रेसको चुनावी सभा

काठमाडौं – प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा सभा गरेको

यौनकर्मीको पीडा प्रतिनिधित्व गर्न ‘लालिमा’ बनेकी रोश्नी

काठमाडौं – नायिका रोश्नी कार्कीलाई मण्डला थिएटरमा यौन दुर्‍व्यवहारको कथा